उच्च गुणस्तरीय सामान, सस्तो सर्व सुलभ यसको पहिचान “ग्रेटवाल मार्बल प्रालि”

हरेक मान्छेको सपनाहरु हुन्छन् । ति सपनाहरु संगै,अनेकौ रहरहरु हुन्छन् । त्यहि रहर मध्यको एउटा रहर हो, चिटिक्क परेको सुन्दर घर । मान्छेलाई अथाह सम्पति भएर मात्रै हुदैन,मान्छे भित्रको भावना राम्रो हुनुपर्छ । मान्छेको बाहिर बाट देखिने अनुहार राम्रो भएर मात्रै पनि हुदैन, मन राम्रो हुनुपर्छ । त्यस्तै मान्छे बस्ने घर विशाल भएर मात्रै हुदैन, स्याहार संहार नगरी लथालिङ्गै छ भने त्यो घर जहिल्यै पनि अपूर्ण हुन्छ । जब घरलाई चिटिक्क पारिन्छ अनि मात्रै त्यो घर पूर्ण हुन्छ ।

पहिला-पहिला घरहरु चिटिक्क पार्नलाई घरको भित्ताहरुमा रातो माटो र कमेरो माटोले पोतिन्थ्यो । आज पनि गाउँ-घरमा यो परम्परा यथावत नै छ । रातो माटो र कमेरो माटोले पोतिने घरको भित्ताहरु चुना दल्दै अहिले विभिन्न प्रकारका रंगहरु दल्ने गरिन्छ । जति नै प्रकारका रंगहरु घरको भित्तामा दलिएपनि, यो दिर्घकालिन समस्याको समाधान भने हुन सक्दैन । रंगहरु पानीले पखालिने र बिस्तारै मेटिन्दै जाने भएकोले पटक-पटक रंगहरु दल्नु पर्ने र खर्चिलो पनि हुन्छ । यसैले, हिजोआज,घरको भिता र भर्‍याङका सिढिहरुमा मार्बल, टायल जस्ता सामाग्रीहरु प्रयोग गर्ने गरिन्छ । यस्ता सामानहरुको प्रयोग गर्नेको शंख्या बढे संगै यसको ब्यापार ब्याबसाय गर्ने कम्पनीहरु पनि बढेका छन् ।

ग्रेटवाल मार्बल कम्पनी प्रालि
मार्बल,टायल बिक्री वितरण गर्ने कम्पनि मध्यको एक मुख्य नाम हो ग्रेटवाल मार्बल कम्पनि । यो कम्पनि २०६९ सालमा स्थापना भएर,आजसम्म निरन्तर संचालनमा रहेको उक्त कम्पनि काठमाडौ पेप्सीकोलाको छाप्रोमा अवस्थित रहेको छ । २२ आना क्षेत्रफल ओगोटेर मार्बल,टायलको गोदाम र बिक्रि वितरण गर्ने गरेको छ यो कम्पनीले । यहाँ बाट, उच्च गुणस्तरीय राजस्थानी मार्बल, ग्रेनाइट,टायल,कोटा स्टोन र शेरामिकका साथै सेनिटरि सामानहरु बिक्रि वितरण गर्ने गरिन्छ ।

किन ग्रेटवाल प्रालि नै ?
उपत्यका भित्र संचालनमा रहेका अन्य मार्बल,टायल बिक्रि वितरण केन्द्रहरु भन्दा,सस्तो सर्वशुलभ तरिकाले सामानहरु ग्रेटवाल मार्बल प्रालिले उपलब्ध गराउने गरेको छ । यहि नै यसको मुख्य विशेषता पनि हो । यहाँबाट बिक्रि-वितरण गर्ने सामानहरुमा शेरा कम्पनीका शेरामिकका साथै सेनिटरि सामानहरु,कोष्ट ब्राण्डका धारा,विभिन्न ब्राण्डका कम्बड धारा,उच्च गुणस्तरीय राजस्थानी मार्बल,ग्रेनाइट, कोटा स्टोन, रुफ टायल लगायत अन्य सामानाहरु रहेका छन् । भारतको राजस्थान, बैंगलोर र गुजरात बाट आयातित, प्रति स्क्वायर फिट १३० देखि,३०० सम्मका टायलहरु र प्रति स्क्वायर फिट २०० सय देखि ६०० सम्मका ग्रेनाइटहरु यहाँ उपलब्ध रहेका छन् । सेनिटरि सामानहरु भने,चिन र भारत दुवै देशबाट आयात गरिन्छ । खरिद गरेदेखि घरमा लगाई नसकिन्जेल सम्म पूर्ण जिम्मेवारी ग्रेटवाल मार्बल प्रालिले नै लिने हुदा कुनै समस्या नहुने हुनाले पनि सबैको रोजाईमा ग्रेटवाल मार्बल प्रालि नै हुने गरेको छ ।

ग्रेटवाल मार्बल प्रालिको विस्वास्नियता
विशेष गरेर मार्बलहरु नेचुरल हुन्छन् । खानिहरु उत्खनन् गरेर विशेष प्रकारका ढुङ्गाहरु बाट मार्बल तयार पारिन्छ । टायलहरु भने, विशेष प्रकारका माटोलाई अन्त्याधिक तापक्रममा राखेर तयार पारिएका हुन्छन् । हिजोआज यसको प्रयोग गर्नेहरुको शंख्या बढे संगै यसको व्यापारीहरु पनि बढेका छन् । तर छिटो र धेरै नाफा कमाउने उदेश्यले गर्दा कम गुणस्तरको सामानहरु बिक्रि वितरण भईरहेकोले ग्राहकहरु मर्कामा परिरहेका छन् । यो अवस्थामा ग्रेटवाल मार्बल प्रालिले आफूले बिक्री गरेको सामानहरुको पुर्ण जिम्मेवारी लिने गरेको छ । कतिपय मिस्त्रीहरू कमिसनको प्रलोभनमा परेर कम गुणस्तरका सामानहरु प्रयोग गर्न उत्प्रेरित गरि रहेका छन् । “त्यस्ता मिस्त्रिहरुको पछि लागेर कम गुणस्तरको सामान खरिद नगर्न हुन ग्राहकहरुलाई ग्रेटवाल मार्बल प्रालिका संचालक सदस्य सौरभ सिटौला आग्रह गर्छन्” ।

उदेश्य
उपत्यका बाहेक रामेछाप, सिन्धुली,चितवन, धादिङ्ग,काभ्रे लगायतका अन्य जिल्लाहरु बाट ग्रेटवाल प्रालिमा सामानहरुको उच्च माग भई आएकोले, ग्रेटवाल मार्बल प्रालिको शाखाहरु निकट भविष्यमै विस्तार हुने भएको छ । ललितपुरको सातदोबाटो र काठमाडौको गोकर्ण तिर गरेर यसको दुई वटा शाखाहरु विस्तार हुने भएको छ । शाखाहरु विस्तार संगै ग्राहकहरुलाई सहुलियतको पनि ग्रेटवाल मार्बल प्रालिले व्यवस्था गर्ने छ । यस सम्बन्धि बिस्तृत जानकारीको लागि +९७७-१-४९९०२५१/ ९८०२०९७७२५ मा कल गरेर बुझ्न सकिने व्यवस्था गरिएको छ ।

“ग्रेटवाल मार्बल प्रालि”का अन्य थप तस्विरहरु 

प्रस्तुति :-ईन्द्र जिजीबिषा

Leave a Reply

Your email address will not be published. Required fields are marked *