इमानसिंह चेम्जोङ पुरस्कार वितरण

पौष १७ काठमाडौ, किरात इतिहासकार एवं मुन्धुमविद इमानसिंह चेम्जोङ्को ११४ औं जन्मजयन्ती तथा इमानसिंह चेम्जोङ पुरस्कार र किरात सिरिजंङ्गा पुरस्कार वितरण गरिएको छ ।

याङ्नाम निवासी राजेन्द्र जबेगु हाङ्वासाङले लिम्बू भाषामा कृति निकालेकोमा सिरिजङ्गा पुरस्कार पाएका छन् । जनही २५००० पुरस्कार राषी रहेको पुरस्कार लिम्बू शब्दकोषकार हर्कजङ कुरुङ्बाङ र गम्भिरध्वज तुम्बाहाङ्फेलाई पनि प्रदान गरिएको छ ।

नेपाल प्रज्ञा प्रतिस्ठानका कुलपती गंगाप्रसाद उप्रेतीको प्रमुख आतिथ्यतामा वितरण गरिएको कार्यक्रमा प्रतिष्ठानका पुर्व कुलपती वैरागी काइला, भाषाविद येहाङ लाओती, इमानसिंहका सुपुत्र मोहन चेम्जोङ, त्रिभुवन विश्वविद्यालयका उपप्राध्याक बालकृष्ण मावुहाङ, डा. गोविन्दबहादुर तुम्बाहाङ आदिको उपस्थिती थियो ।

त्यसैगरि कियाचु कतारले दिने काङ्सोरे याक्थुङ शैक्षिक पुरस्कार यस वर्ष एसएलसी उच्च अंक ल्याउने शम्भु नेम्बाङ र स्वागत पन्धाकलाई जनही नगद रु १०००० प्रदान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *