आफ़्नो देशको सम्झनामा भुटानी शरणार्थीले मनाए ११० औ राष्ट्रिय दिवस

दमक २ पुस- भुटानको ११० औँ राष्ट्रिय दिवसका अवसर पारेर नेपालमा रहेका भुटानी शरणार्थीले आफ्नो देशको सम्झना गर्दै राष्ट्रिय दिवस मनाएका छन् । बेलडाँगी क्याम्प व्यवस्थापन समितिको आयोजनामा भुटानको राष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाइएको हो । दिवसका अवसर पारेर कराँते प्रशिक्षकहरु योगेश चाम्लिङ, मदन उप्रेती, डम्बर सुनुवार, विष्णु नेम्वाङ र रेशा लिम्बूलाई सम्मान समेत गरेको छ ।

कार्यक्रममा विभिन्न समयमा आयोजना गरिएका अन्तर्राष्ट्रिय कराँते खेलमा स्वर्णपदक विजेता, रजत पदक विजेता र काश्य पदक विजेता २३ जना खेलाडीलाई सम्मान गरिएको थियो ।

शिविर सुपरीवक्षेक सुरेन्द्र दाहालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा दमक ३ का वडाध्यक्ष नवीन बराल, शिविरका पूर्वसचिव युवराज राई, राजमान गुरुङ, चिरञ्जीवी राई, सामुदायिक सञ्जालका अध्यक्ष नैनसिंह भण्डारी, पथरी शनिश्चरेका शिविर सचिव चम्पासिंह राई, बेलडाँगी शिविरका सचिव टीकाराम रसाइली लगायतले भुटानी राष्ट्रिय दिवसको महत्वका बारेमा बोलेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *