आरपी भट्टराई(रुद्रप्रसाद भट्टराई)को निधन

मंसिर २४ काठमाडौ , टेलिसिरियल ‘तीतो सत्य’ का ‘लाजाराम’ आरपी भट्टराइ(रुद्रप्रसाद भट्टराई)को निधन भएको छ । ४ दिन अगाडि उनी काठमाण्डौबाट आफ्नो घर विराटनगर गएर पुरानो साथीहरु संग भेटघाट गरेपछि फेसबुकमा फोटोहरु पोष्ट गरेका थिए ।

बिहिबार बेलुकी फूपूको घरमा गएका आरपीको बिहान मृत अवस्थामा भेटिएको थियो । बेलुकी खाना खाएर सद्दे सुतेका आरपी बिहान मृत भेटिएको खबर उनको फूपूको परिवारले दिएको छ ।’ ४२ बर्षका आरपी प्रेसर र सुगर रोगबाट पीडित थिए । उनी आफ्नो मोटो शरीरका कारण चिन्तित थिए ।

पछिल्लो समय उनले अभिनय गरेको चलचित्र ‘छक्का पन्जा’ अहिले हलमा चलिरहेको छ । उनले चलचित्र ‘वडा नम्बर ६’ लगायतका केहि सफल चलचित्रमा काम गरेका छन् । हाँस्य सिरियल ‘तितो सत्य’मा काम गरेपछि उनको चर्चा चुलिएको थियो । यहि, सिरियलबाट उनलाई ‘राजालाम’ उपनामले दर्शकले चिन्ने गर्थे ।

उनको श्रीमति र २ छोरा छन् । उनले केहि समय अगाडि आफ्नै आवाजमा एल्बम पनि सार्वजनिक गरेका थिए । उनको आवाजमा समावेश ‘कालो रैछु म पनि’ बोलको गीतको भिडियो केहि हप्ता अगाडि मात्र युटुबमा सार्वजनिक भएको थियो ।

दुई दिन अगाडी पुरानो साथी सुवास संग खिचेको फोटो rajalam rp bhattarai

Leave a Reply

Your email address will not be published. Required fields are marked *