आरजू देउवा जापान प्रस्थान

काठमाडौं। सांसद आरजू देउवा जापान प्रस्थान गरेकी छिन्। पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको धर्मपत्नी आरजू सिंगापुरबाट फर्के लगत्तै जापान प्रस्थान गरेकी हुन्।

सोमबार साँझ जापान प्रस्थान गरेकी राणााले सो क्रममा स्वास्थ्य जाँच गर्ने बताइएको छ। श्रीमान देउवाको नियमित स्वास्थ्य जाँचका लागि गत जेठ ३० गते सिंगापुर गएकी राणाा गत शुक्रबार मात्रै स्वदेश फर्केकी थिइन्।

एक वर्षअघि गत भदौमा पनि उनी उपचार गर्नका लागि जापान गएकी थिइन्। सोही उपचारको नियमित फलो अपका लागि उनी सोमबार जापान गएकी हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *