आपूर्तिमन्त्री मण्डललाई गृहजिल्लामा २५ किलोको माला

बिराटनगर, २२ साउन – आपूर्तिमन्त्री शिवकुमार मण्डललाई गृहजिल्ला मोरङ्गका जनताले स्वागत गरेका छन् । मन्त्री भईसकेपछि पहिलोपटक गृहजिल्ला मोरङ्ग पुग्नुभएका मन्त्री मण्डललाई जिल्लाका विभीन्न गाउँनगरका जनताले स्वागत गरेका हुन् ।

उहाँलाई आज बिहान (आईतबार) बिराटनगर बिमानस्थलमा २५ किलोको माला लगाएर स्वागत गरीएको थियो । ‘माओवादी केन्द्रका तर्फबाट मोरङ्ग जिल्लाकै पहिलो मन्त्री बन्नुभएकोले उहाँलाई २५ किलोको मालाले स्वागत गरेका हौं’–माओवादी केन्द्र मोरङका कार्यालय सचिव मुक्ति शर्माले भन्नुभयो । विमानस्थलमा मन्त्री मण्डलको स्वागतमा कार्यकर्ताले नाराबाजी समेत गरेका थिए । विराटनगरपछि उहाँलाई रंगेली नगरपालिका र धनपाल गाउँपालिकाका जनताले कार्यक्रम गरी स्वागत गरेका छन् ।

स्वागत कार्यक्रममा बोल्दै मन्त्री मण्डलले मोरङ्गको विकासका लागि आफूले यथाशक्य पहल गर्ने बताउनुभयो । उहाँले यतिबेला गाउँगाउँमा पुगेको सिँहदरबारको अधिकारको प्रभावकारी कार्यान्वयनका लागि लाग्ने पनि बताउनुभयो । मन्त्री मण्डलले जनतालाई सस्तो सुलभ दरमा दैनिक उपभोग्य बस्तु उपलब्ध गराउनका लागि पहल गर्ने र बजार अनुगमनका क्रममा उपभोक्तालाई विभीन्न तरीकाले ठगीगर्नेहरुलाई कार्वाही गर्न ऐन संसोधन गरेरे अगाडी बढ्न लागेको जानकारी दिनुभयो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *