आज धर्मावलम्बी महिलाहरुको तीज पर्व

teej-pashupati-nathभदौ १९ काठमाडौं । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तीज पर्वका अवसरमा आज हिन्दु महिलाहरुको शिव मन्दिरमा घुईचो छ ।
हिन्दू धर्मावलम्बी नारीहरूले देवादि देव महादेवको पूजा आराधना गरी यो पर्व मनाउने परम्परा छ।

सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने बरदान पाएको किवदन्तीलाई आधार मान्दै आज विवाहित नारीले पतिको दिर्घायु र अविवाहित नारीले योग्य वर पाउन व्रत वस्ने गर्दछन् ।

शिव पार्वती प्रेम कहानीसंग जोडिएका हिन्दु ग्रन्थ र श्रुति अनुसार पिता हिमालयले पार्वतीको इच्छा विपरीत विष्णुसँग विवाह गरिदिन खोजेपछि पार्वतीले साथीलाई आफ्नो समस्या सुनाइन् । र साथी पार्वती समस्यामा परेको थाहा पाएपछि उनका साथीहरूले लुकाएर अन्यत्रै लगी कसैले नदेख्ने ठाउँमा राखिदिए त्यसपछि साथीहरूले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत गरी महादेवलाई प्राप्त गरेको प्रेम विम्वलाई तीजको सार कुरा मानिन्छ ।

यसरी पार्वती साथीहरूद्वारा हरण भएको दिन भाद्र शुक्ल तृतीयाको दिन भएकाले त्यही समयदेखि हरितालिका तीजको व्रत लिने प्रचलन सुरु भएको धर्मशास्त्रीय मत रहेको छ ।
सत्ययुगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले श्री महादेव स्वामी पाएकीले आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने विश्वासमा नारीहरू व्रत बस्ने गरेका गर्दछन् ।

 source: Asian Samachar

Leave a Reply

Your email address will not be published. Required fields are marked *