काठमाडौं ३१ जेठ- प्रमुखनिर्वाचनआयुक्त डा. अयोधिप्रसादयादवले असार १४ गतेको निर्वाचनहुँदैन वा सर्छ भनेर चुनावको विपक्षमानबोल्नको लागि चेतावनीदिएका छन् । यादवले भने,‘निर्वाचनको सम्पूर्ण तयारी भैसकेको छ, अबपनिनिर्वाचनहुँदैन भनेर यसको विपक्षमाबोल्ने कामनगरौं,असार १४ गते तोकिएकै मितिमा दोस्रो चरणको स्थानीयतहको निर्वाचन हुन्छ, ढुक्क हुनुहोस्।’
मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमाबोल्दै प्रमुखनिर्वाचनआयुक्त डा. यादवले निर्वाचनको विपक्षमा कसैलेपनि कुरा गर्न नहुने बताएकाहुन् । यादवले भने,‘मुलुकनिर्वाचनमा गैसकेको छ, २ गते मनोनयन हुन्छ, १४गते निर्वाचन हुन्छ, आयोग अबनिर्वाचनबाट एक ईन्चपनिब्याकहुँदैन्, चारवटै प्रदेशमाएकै चरणमा निर्वाचन हुन्छ, यसको सम्पूर्ण तयारी आयोगले गरिसकेको छ।’ यादवले चुनावको मुखामाआएर निर्वाचनको विपक्षमाकुनै कुरा नगर्न चेतावनीदिएका छन् । उनले भने,‘आयोग चुनावमाहोमिसकेको छ।’
क्लबका सभापतिऋषिधमलाको सभापतित्वमाआयोजित साक्षात्कारमाबोल्दै यादवले सबै जिल्लामानिर्वाचन सामाग्री पु¥याई सकिएको र निर्वाचनको तयारी पूरा भैसकेको जानकारी गराए। उनले भने,‘निर्वाचनको सम्पूर्ण तयारी भैसकेको छ, हामीले संबेदनशिलताको आधारमाअनुगमन टोलि खटाएका छौं, असार १४ गतेको निर्वाचनमिति सार्नेभन्ने कुरा हल्लामात्रै हो, २ र ५ नम्बर प्रदेश को निर्वाचन सर्ने हल्लामात्रहो, यसमाकुनै सत्यता छैन, यी सबै अनुमानका कुराहरु मात्रै हुन्।’
यादवले अब स्थानीयतहको संख्याथपभएमापनिनिर्वाचनगर्न नसकिने दाबी गरे । उनले भने,‘निर्वाचनको सम्पूर्ण तयारी भैसकेको छ, अबपनि स्थानीयतहको संख्याथप्ने भन्ने कुरा कहाँबाट सम्भव छ, यो असंम्भव कुरा हो, अबमतखसाल्नमात्रबाँकीछ ।’ उनले ४६१ स्थानमा एकै चरणमा निर्वाचनहुने र अबपनि संख्याथपे आयोगले निर्वाचनगर्न नसक्ने जिकिर गरे । उनले आयोगका सबै कर्मचारी मुख्यनिर्वाचनअधिकृतदेखि अन्यकर्मचारीहरु ४६१ निर्वाचन क्षेत्रमापुगिसकेको समेत जनाए ।
त्यस्तै उनले सुरक्षाकोप्रत्याभुती गराउनआयोगले सरकारलाई पटक–पटक पत्राचार गरिसकेको जानकारी दिँदै भने,‘सुरक्षाको प्रत्याभुति हुन्छ, सुरक्षाको वातावरण बनाउनको लागिहामीले सरकारलाई भनिसकेका छौं।’ उनले चुनावको मतपरिणाम नआउञ्जेलसम्महरेक दिननयाँ–नयाँचूनौतिहरु आईरहने भएकोले सबै चुनौतिहरु सामानागर्न आयोग तयार रहेको स्पष्ट पारे ।
निर्वाचनबहिष्कार गर्ने दलहरुलाई जनताको मतहाल्ने अधिकार कुण्ठित नगर्न समेत उनले आग्रहगरे । यादवले भने,‘सबै राजनीतिदलहरुलेनिर्वाचनमाभाग लिनुपर्छ, आफ्नो मतहाल्ने मतदाताहरुको अधिकारलाई कुण्ठित गर्ने काम कसैलेपनिगर्नुुहुँदैन्।’
प्रमुखनिर्वाच आयुक्तयादवले सरकारले अहिलेसम्मनिर्वाचन सानुपर्छ भनेर आधिकारिक रुपमाआयोगलाई नभनेको समेत जिकिर गरे । उनले मध्यअसारमा नेपालमानिर्वाचनभएको पहिलोपटक भएको समेत जिकिर गरे । उनले भने,‘जनताहरुकोप्रत्यक्ष सहभागितामानिर्वाचन हुन्छ, सुरक्षितवातावरणमा मतदानगर्ने व्यवस्थापनगर्ने, मतपेटिकालाई मतदानअधिकृतको कार्यकक्षमा कसरी पुर्याउने भन्ने कार्ययोजनाअनुसार हामीकामगरिरहेका छौं।’
यादवले निर्वाचनआचारसंहिताकार्यान्वयनको लागिप्रभावकारी रुपमाकामगरिरहेको समेत जानकारी गराए । उनले भने,‘निर्वाचनआचारसंहिता कडाईका साथकार्यान्वयन भैरहेको छ, यसको लागिहामीले सह–सचिवको नेतृत्वमाअनुगमन टोली खटाएका छौं।’
उनलेअबचुनावचिन्हपनिदिननसकिने स्पष्ट पारे । उनले भने,‘चुनाव अघि अबमिति सार्ने काम र चुनावचिन्हदिन सकिँदैन्।’ जनतामतदानगर्न आँतुर रहेकोले स्थानीयतहको पहिलो चरणको निर्वाचन सम्पन्नभएसँगै अब दोस्रो चरणको निर्वाचनपनिप्रभावकारी रुपमासम्पन्नहुने स्पष्ट पारे । आम मतदाताहरुबाट आफूहरुलाई पूर्ण सहयोग भैरहेको समेत उनले जानकारी दिए ।
उनले राजपा नेपाललगायतकेहीदलहरुले निर्वाचनबारे असहमति राखेकोबारे टिप्प्णी गर्दै भने,‘उहाँहरुको माँग सम्बोधनगर्न अधिकतमप्रयास गरिरहेको छ, स्थानीयतहको कानून संशोधन, राजनीतिकदलसम्बन्ध ऐनमापनि संशोधनगरिसकेको थियो, तीनदिनको समय पनि सूचनाजारी गरेकाथियौं, अधिकतमलचकताअपनाएकाथियौं, हामीत अहिले पनिआग्रहगरिरहेका छौं, किनिर्वाचनमाआउनुहोस् भनेर।’
यादवले मतदाताशिक्षालाई पनि यसपटक प्रभावकारी बनाईएको जनाए । उनले भने,‘मतदाताशिक्षाकार्यक्रमलाई हामीले सबै निर्वाचन क्षेत्रमा सशक्त रुपमाचलाएका छौं, अहिले पनिचलिरहेको छ, मतदाताशिक्षापुगिरहेको छ, शिक्षाभनेको कुरा, सबैले प्रत्येक ठाउँमा मतदाताशिक्षाको लागिकार्यकर्ताहरु छन्, सामाग्रीप्रकाशन गरेका छौं।’
निर्वाचनमाव्यवस्थापनको दृष्टिकोणबाट भन्दापनि राजनीतिक दृष्टिकोणबाट समस्याहरु रहेको यादवको भनाई थियो । उनले आम सरोकारवालानिर्वाचनको पक्षमारहेको तर राजनीतिकविवादकायमै रहेकोले दोस्रो चरणको निर्वाचनमा केहीचूनौतिहरु भने रहेको बताए । यद्धपीउनले तीचूनौतिहरु सामनागर्न आयोग तयार रहेको स्पष्ट पारे ।
निर्वाचनको माहोल बनाउन रिपोर्टर्स क्लब नेपालले खेलेको भुमिकाको प्रशंसा गर्दै यादवले भने,‘निर्वाचनकोमाहोल बनाउनको लागिक्लबले प्रभावकारी भूमिकानिर्वाह गरेको छ, खासगरी क्लबकाअध्यक्षऋषिधमलाजीले दिनरातनिर्वाचन कसरी सफलबनाउन सकिन्छ भनेर मेहनतगर्नुभएको छ, विभिन्न माध्यामबाट उहाँले निर्वाचनलाई सफलबनाउनको लागिकार्यक्रमहरु गरिरहनुभएको छ, म उहाँलाई विशेष धन्यवाददिन चाहन्छु।’