अष्टमी माथि बलात्कार गर्ने बलात्कारी भाग्न नदिन युएईको अध्यागमनमा कडाई

युएई – बलात्कारपछि आफ्नै कोठामा झु्ण्डिएर आत्महत्या गरेकी भनिएकी अष्टमी गुरूङको मोबाईलमा रहेको भिडियो सार्वजनिक भएपछी ठूलो तरंग फैलिएको छ ।

गोरखा आरुघाट २, मान्बु कटुन्जेकी अष्टमी गुरूङको मोबाईलमा रहेको भिडियोमा आफूलाई संगै काम गर्ने सुपरभाईजरले बलात्कार गरेकोले आफूले आत्महत्या गर्नु पर्ने बाध्यता आएको उल्लेख गरेकी छन् । उक्त भिडियो रवि लामिछानेले संचालन गर्दै आएको “सीधा कुरा जनतासँग”को कार्यक्रम मार्फत गत अघिल्लो शनिवार भिडियो प्रसार भएको थियो ।

युएईको आबुधावीस्थित अरबियन गल्फ क्लिनिङ कम्पनीमा गुरूङ् कार्यरत थिइन् । आफ्नै स्थानिय गुरूङ भाषामा रेकर्ड गराएको भिडियोमा उनले आफ्ना परिवारसँग माफी माग्दै सुपरभाइजरले आफ्नो इज्जत लुटेको बताएर ‘म गएँ’ भन्दै अन्तिम बचन रेकर्ड गरेकी थिइन् ।

यो घट्नाको छानबिन गर्न युएईस्थित नेपाली दुतावासले दुतावासको द्वितिय सचिब बिष्णु कुमारी अधिकारीको नेतृत्वमा स्थानिय प्रशासनमा छानबिनको लागि मुद्दासमेत दर्ता गराएको छ ।

मृतक गुरुङले रेकर्ड गराएकी भिडियोमा उनी माथी यौन शोषण (बलात्कार) गर्नै सुपरभाइजरको नाम भने उल्लेख गरिएको छैन । यद्यपि मृतक अष्टमी गुरूङ सँगै काम गर्नै सुपरभाईजर सिमोन काजी भन्ने बंगलादेशी नागरिकको पहिचान गरी युएईबाट बाहिर जान नसक्ने गरी प्रतिबन्ध गराउन युएईमा भएका सबै अध्यागमनलाई अनुरोध गरिसकेको राजदूतावास आबुधावीले जनाएको छ । अष्टमी गुरुङ २० महिना पहिले रोजगारीको शिलशिलामा युएई पुगेकी थिईन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *