अलग अभियानमा बालन्द,बिना थिङ्ग,आभा र पार्वतीको धमाका(भिडियो सहित)

bina thing tamangईन्द्र जिजीबिषा-पौष २४ काठमाडौ, बिगत लामो समय देखि नेपाली गीत संगीत र कलालाई प्रशिक्षण दिदै आएको अलग अभियानले हिजो एक कार्यक्रम सम्पन्न गरेको छ । नयाँ कलाकारहरुलाई हौशला र प्रोत्साहन पुरानो कलाकारहरुलाई सम्मान गर्ने अभिप्रायले हरेक शनिबार अलग अभियानले निरन्तर कार्यक्रम गर्दै आएको हो ।

शनिबार बिशेष कार्यक्रममा गायक तथा संगीतकार बालन्द राई र कवयत्री बिना थिङ्ग तामाङ्ग प्रमुख आकर्षणको केन्द्र रहेका थिए । आफ्नो बिगतको भोगाइ र अनुभूतिको साथमा उकाली ओराली, पुग्ने पर्छ आज लौ सिम्ले पुल पारि र एनी हजुर पारि साल घारी, मिनी बसमा चढेर जाउला बेलबारी जस्ता पुराना गीतहरु, गायक तथा संगीतकार बालन्द राईले सुनाएका थिए । भने गायक बालन्द राईलाई गायिका आभा मुकारुङ्ग र गायिका पार्वती राईले साथ् दिएकी थिइन् । यसैगरि कवयत्री बिना थिङ्ग तामाङ्गले पनि हेटौडा देखि काठमाडौ सम्मका तिता मिठा भोगाईको साथमा आधा दर्जन कविताहरु वाचन गरेकी थिइन् ।

कार्यक्रममा, कवि बम बानियाले, अहिलेको राजनीतिको समसामयीक विषय माथि कविता मार्फत झटारो हानेका थिए भने कवि रोशनले पहिचान बादी कविता सुनाएका थिए । कवि स्वप्निल स्मृत ठट्यौली पारामा लिम्बु संस्कृति सम्बन्धि कविता वाचन गरेका थिए भने, कवि नारायणले गद्य कविता वाचन गरेर सुनाएका थिए । कार्यक्रममा साङ्केन बान्तावा,कवि बिरेन्द्र पौडेल, कवि ज्योति भट्टराई ,कवि तेज लिम्बु लगायत अन्यले कविता वाचन गरेका थिए ।

गायक तथा संगीतकार भिमसेना राई, गायक रेवत राई, सुनिता राई, गायक सुरज चन्द्र घिसिङ्गले गीत गाएर सुनाएका थिए । कार्यक्रममा प्राज्ञ संगीतकार शान्तिराम राई, एन आर एन ए कुवेतको महासचिब अमिक चामलिंग, गायिका बबिना राई लगायत सयौको शंख्यामा उपस्थिति रहेको थियो ।

अलग अभियानमा बालन्द राई र आभा मुकारुङ्गको प्रस्तुति भिडियो हेर्नुहोस 

One thought on “अलग अभियानमा बालन्द,बिना थिङ्ग,आभा र पार्वतीको धमाका(भिडियो सहित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *