अब केन्द्रमा १८ मन्त्रालय मात्रै, कुन-कुन मन्त्रालय रहने ? सूची सहित

काठमाडौ – अब संघीय सरकारमा केन्द्रिकृत शासन प्रणाली अन्तरगत स्थापना भएका ३० मन्त्रालयलाई गाभेर १७ वटा मन्त्रालय मात्रै रहने भएका छन्।

केन्द्रीय निकाय (प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय) बाहेक ३० वटा मन्त्रालय थिए अब केन्द्रीय निकायसहित १८ वटा प्रमुख निकाय रहने छन्।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय गाभिएर एउटै मन्त्रालय बन्ने भएको छ। यसैगरी कृषि, पशु विकास र भूमिसुधार मन्त्रालय गाभिएर कृषि, सहकारी तथा भूमिव्यवस्था मन्त्रालय बन्नेछ। सिँचाइ, ऊर्जा र खानेपानी मन्त्रालय गाभिएर जलस्रोत तथा ऊर्जा मन्त्रालय बनेको छ ।

यसैगरी वन र वातावरण मन्त्रालय गाभिएर वन तथा वातावरण मन्त्रालय बनेको छ भने महिला, बालबालिका र श्रम तथा रोजगार मन्त्रालय पनि गाभिएको छ। शिक्षा, विज्ञान प्रविधि र युवा तथा खेलकुद मन्त्रालय गाभेर शिक्षा तथा विज्ञान प्रविधि र युवा खेलकुद मन्त्रालय बनाइएको छ भने संघीय मामिला, स्थानीय विकास र सामान्य प्रशासन मन्त्रालय गाभेर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय बनेको छ।

अब केन्द्रमा रहने मन्त्रालयहरु यस्ता हुनेछन्
१. प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय :शासन व्यवस्थाको सामान्य निर्देशन , नियन्त्रण र सञ्चालन , मन्त्रिपरिषद्को सचिवालय, जनशक्ति व्यवस्थापन
२.अर्थ मन्त्रालय : अर्थ नीति तथा योजना
३ उद्योग वाणिज्य तथा अपाुर्ति : उद्योग वाणिज्य र आपुर्ति सम्बन्धी कार्य
४ कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय : ऐन नियम कानुन, संसदीय मामिला
५. कृषि सहकारी तथा भूमि व्यवस्था मन्त्रालय : कृषि पशुपालन सहकारी तथा भूमिसुधार
६.गृह मन्त्रालय : शान्ति सुरक्षा तथा शान्ति व्यवस्था
७.जल श्रोत तथा उर्जा मन्त्रलाय :सिचाई, उर्जा, खानेपानी, जल उत्पन्न प्रकोप
८.परराष्ट्र मन्त्रालय : परराष्ट्र मामिला
९.वन तथा वातावरण मन्त्रालय : वन,वातावरण, भुसंरक्षण , जलाधार, जल तथा मौसम विज्ञान
१०.भौतिक पूर्वाधार तथा यातायात : सडक, यातायात र आवास
११.महिला वालवालिका एवं श्रम तथा रोजगार : महिला जेष्ठ नागरिक, तथा बालबालिका, श्रम तथा रोजगार सम्बन्धी कार्य
१२.रक्षा मन्त्रालय : रक्षा सम्बन्धी
१३.शिक्षा, विज्ञान, प्रविधि एवं युवा तथा खेलकुद मन्त्रालय : शिक्षा, विज्ञान, युवा , खेलकुद गतिविधि सम्बन्धी कार्य
१४.संस्कृति पर्यटन, नागरिक उड्ययन मन्त्रालय : कला संस्कृति, पर्यटन, नागरिक तथा हवाई उड्ययन
१५.स्वास्थ्य तथा जनसख्ंया : स्वास्थ्य, जनसंख्या सम्वन्धि कार्य
१६.शहरी विकास तथा खानेपानी : शहरी विकास, योजना तथा खानेपानी सम्बन्धी
१७. सञ्चार तथा सुचना प्रविधि : सुचना, सञ्चार एवं प्रविधि सम्बन्धी कार्य
१८.संघीय मामिला तथा सामान्य प्रशासन : स्थानीय, संघीय विकास , कर्मचारी तथा जनशक्ति व्यवस्थापन

Leave a Reply

Your email address will not be published. Required fields are marked *