काठमाडौ ९ बैशाख, स्वाधिनताका लागि युवा तथा विद्यार्थी अभियान नेपाल काठमाण्डौले माइतिघर मण्डलामा सिमानामा काँडेतार लाउन जागरण अभियान कार्यक्रम गरेको छ ।
उक्त कार्यक्रममा वक्ताका रुपमा बोल्ने क्रममा नायक÷निर्माता नवल खड्काले “सिमानामा काँडेतार बार लगाउनका निम्ति हामीयुवा अनी सम्पूर्ण देशभक्त नेपाली बिना बर्दिका सिपाहि हौं “भन्दै “आवश्यकता पर्दा चलचित्रको पर्दामा मात्र हैन, सिमानामा काँडेतार लाउनका लागी तयार भएर यो अभियानमा अभियान्ताको रुपमा उभिएको हुँ” भन्दै सरकारले एयरपार्टमा एयर मार्सल राख्ने कुरा स्वभिमानी नेपालीको लागि घोर आपत्तिजनक विषय हो र यो लागू हुन कदापी नेपाली जनताले दिने छैनन् भने ।
“युवाहरु भनेको आगो हुन्, आगो सल्किएको छ, सत्ता परिवर्तन शोषक सामन्ती, शासकहरुलाई यिनै युवाले घुँडा टेकाइसकेको इतिहाँस हामी बिच जिवितै छ, युवा जागेकाछन्, सिमानामा काँडेतार बार लगाइ छोड्ने छौं भन्ने दृढ संकल्प सहित भ्रष्ट्रचारीहरुलाई हेलिकप्टरबाट खसाएर दण्ड दिनुपर्ने अनि मात्रै देशबाट भ्रष्ट्राचारीहरु निर्मुल हुने” भनाइ राखेका थिए ।
उक्त अभियानमा वक्ताका रुपमा बोल्ने क्रममा राजनीतिक विश्लेषक एवम् विज्ञ साध्यबहादुर भण्डारी, सिमाविद बुद्धि नारायण श्रेष्ठ देशभक्त समाजका अध्यक्ष नारायण प्रसाद ढुंगाना (जसको नेतृत्वमा नेपालको सबै भन्दा ठूलो झण्डा फरफराइएको थियो शहिद दिवसको दिन माइतिघर मण्डलामा), सिमानामा काँडेतार अभियान्ता सुशिल कुवँरले कार्यक्रमलाई सम्बोधन गरेका थिए ।
कार्यक्रममा सम्पूर्ण वक्ताहरुले एयर मार्सल राख्ने सरकारको निर्णयलाई घोर बिरोघ र भत्सर्ना गर्दै तराइमा गैर नागरिकहरुले नागरिकता पाइरहेकोमा आपत्ति जनाउँदै सिमानामा काँडेतार लगाउने कार्य अपरिहार्य रहेको भनाई राखेका थिए । कार्यक्रम हेमन्त सेढाईको अध्यक्षतामा सम्पन्न भएको थियो ।