सूर्या लाइफ इन्स्योरेन्स नयाँ लागाे सार्वजनिक, सेवा थप उत्कृष्ट बनाउने प्रतिबद्धता

काठमाडाैं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले पोखराको आयोजित एक समारोहमा आफ्नो नयाँ लोगो सार्वजनिक गरेको छ ।

उक्त नयाँ लोगो कम्पनीको संचालक समितिका अध्यक्ष केशव प्रसाद भट्टराई, कम्पनीका संचालक तथा बीमा विज्ञ विवेक झा तथा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवन कुमार खडकाज्यूले संयुक्तरुपमा अनावरण गरेका हुन् ।

कम्पनीले आफ्नो मुल नारा ‘सर्वे भवन्तु सुखिनः’ रहने बताएकाे छ । कम्पनीको संचालक समितिका अध्यक्ष केशव प्रसाद भट्टराईले नयाँ लोगो सार्वजनिक भए संगै नयाँ पहिचानका साथ कम्पनी अझ सफलतापुर्वक अगाडि बढ्ने विश्वास व्यक्त गरे ।

उनले कम्पनीले संगठनात्मक सुशासनलाई प्राथमिकता दिई आफ्ना बीमित/सेवाग्राहीहरुलाई कम्पनीबाट प्रवाह हुने सेवा अझ उत्कृष्ट तथा छिटो छरितो रुपमा उपलब्ध गराउन संचालक समितिबाट व्यवस्थापनलाई पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।

यस्तै कम्पनीका संचालक विवेक झाले सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले अब आफ्नो छुट्टै पहिचान कायम गरी देशमा अब्बल कम्पनीको रुपमा स्थापित हुने यात्राको सुरुवात यस नयाँ लोगोको नारा ‘सर्वे भवन्तु सुखिनः’ अर्थात ‘सबै सुखि हुन्’ का साथ सुभारम्भ गरेको बताए ।

कार्यक्रममा झाले नयाँ लोगोका तीन रंग रातो, कालो र पहेंलोले यस कम्पनीको उद्धेश्यलाई स्पष्ट पार्छ र कम्पनी अब बिगर, बाेल्डर र ब्राइटर भएर अगाडी बढदै आफ्ना ग्राहकहरुको चाहना र सन्तुष्टीको ख्याल गर्दै आफ्ना सेवाहरुलाई गति दिने योजना रहेको पनि बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *