साउदी अरबको जुबैलमा ३४ नेपाली अलपत्र

saudima nepaliसुचना खबर- असोज ७ काठमाडौ, साउदी अरबको जुबैल स्थित जिओङशिन इन्जिनियरीङ एन्ड कन्ट्रकसनमा कोरियन कम्पनी भनेर काठमाडौको धोविघाट स्थित पारामाउन्ट इम्प्लोयमेन्ट कन्सल्टेन्ट प्राइभेट लिमिटेडले पर व्यक्ति ८० हजार देखि १ लाख सम्म लिएर पठाएका ३४ नेपालीहरु बिचल्लीमा परेका छन् ।

१२ सेप्टेम्बर २०१५ मा ३४ नेपालीहरुलाई उक्त कम्पनीमा पठाइए पनि त्यहा कुनै कम्पनी नभएको र सप्लाईमा काम लगाइएको थियो । सप्लाईको काम सकिए पछि काम पनि नदिएको, तलब र अकामा पनि नदिएको, सानो कोठामा केही खानेकुराहरु दिएर राखिएको त्यहा स्थित मोरङका एक नेपालीले सुचनाखबरलाई जानकारी दिए ।

घर जान्छौ भन्दा पनि नपठाएको काम पनि नदिएकोले, साउदी अरब स्थित नेपाली दूतावासमा जानकारी गराएका छौ । आइतबार सम्ममा हामीले समस्यको समाधान गर्छौ भनेको छ, भनेर सुचनाखबरलाई  त्यहा बिचल्लीमा परेका एक नेपालीले हामीलाई जानकारी दिएका छन्  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *