साउदीमा आप्रवासी कामदारबाट अर्को महिना बाट लेभी काटिने

काठमाडौं २९ जेठ- साउदीमा काम गर्ने कामदारले आगामी महिना जुलाई १ अर्थात आगामी असार १७ गतेबाट सरकारलाई ‘लेभि’ तिर्नु पर्ने भएको छ । साउदीमा कार्यरत आप्रवासीले अब प्रत्येक महिना १ सय रियाल ‘लेभि’ बुझाउनु पर्ने साउदीले जनाएको छ ।

अहिले सम्म साउदीमा कार्यरत आप्रवासी कामदारको लागि प्रत्येक महिना २ सय रियाल सम्म ‘लेभि’ कम्पनीले नै बुझाउँदै आएको थियो । यसरी तिर्दा साउदीको राजस्वमा घाटा भएको भन्दै कामदारबाट लिने नियम लागू गरिएको हो ।
सुरुमा एक सय रियाल ‘लेभि’ लिएपनि वर्षेनी यो रकम बढाउँने र सन् २०२० सम्म ४ सय रियाल लेभि पु¥याउने साउदीको लक्ष्य रहेको छ । देशको राजस्व वृद्धिको लागि भन्दै साउदीले यस्तो नियम ल्याएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *