काठमाडौ – न्याय परिषदले सात महिनाअघि नै प्रधानन्यायाधीश पराजुलीले अवकाश पाइसकेको पत्र बुधबार दिएपछि पत्र गैरकानुनी भन्दै पराजुलीले त्यसको वैधानिकतामाथि प्रश्न उठाए। यो संगै केही न्यायाधीशले न्याय परिषद् सचिवको पत्रलाई स्वभाविक मानेका छन्क त कतिपयले क्षेत्रधिकार बाहिरको निर्णय भनेका छन्।
सर्वोच्चको दैनिक पेशीको विवरण अहिले प्रधानन्यायाधीश पराजुलीसँग छ। सरकारी निवासबाटै बिहान पेशी तोकेर प्रधानन्यायाधीश अदालत आउने प्रचलन रही आएको छ। प्रधानन्यायाधीशले गरेको मुद्दा विभाजन अनुसार न्यायाधीशले मुद्दा हेर्छन।
परिषदले पत्र दिए पनि आफू वैधानिक प्रधानन्यायाधीश भएको भन्दै अदालतमा उपस्थित भई पेशी तोक्ने जानकारी पराजुलीले बुधबार नै दिएपनि रोष्टर वरिष्ठतम न्यायाधीश दीपकराज जोशीलाई पनि सर्वोच्चको मुद्दा महाशाखाका कर्मचारीले मुद्दाको विवरण दिएका छन्। यो संगै कुन पेशी कार्यान्वयन गर्ने कर्मचारीहरु अन्योलमा परेका छन् ।