सर्वाधिक चर्चामा रहेको नेपाली चलचित्र “मट्टीमाला”को पोस्टर सार्वजनिक

काठमाडौ – सर्वाधिक चर्चामा रहेको नेपाली चलचित्र “मट्टीमाला“को फस्ट लुक (पोस्टर) सार्वजनिक भएको छ । आईतवार सार्वजनिक भएको चलचित्र “मट्टिमाला” को पोस्टरले हलिउडको झल्को दिएको छ ।

नेपाली हास्य टेलिसिरियल “मेरी बास्सै”का चर्चित जोडी हनुमाने (बुद्धी तामाङ) र मङ्गली (रजनी गुरुङ) को रोमान्स रहेको “मट्टीमाला”मा नेपाली टोनी जा भनेर चिनिएका कलाकार चिरन राईको अभिनय रहेको छ भने, पृथक शैलीमा खलनायकको भूमिकामा देखिएका छन् कलाकार पृथ्वी राई ।

टेके पौरखीले निर्देशन गरेको यो चलचित्रका कथा पनि पौरखीले नै लेखेका हुन् । पौरखीको निर्देशनमा कहिँ कतै खोट नरहेको चलचित्रलाई नजिकबाट नियाली रहेका चलचित्र विज्ञहरुले बताएका छन् ।

पारिवारिक,रोमान्स, कमेडी र एक्सनको मिश्रण रहेको चलचित्र “मट्टिमाला” मा सबै खालको दर्शकहरुको मन छुने गरेर चलचित्रको निर्माण गरिएको छ । गाउँ देखि शहर सम्म, देश देखि बिदेश सम्मको कथा वस्तुलाई समेटिएको र हनुमाने–मङ्गलीको अनस्क्रिन रोमान्स, नेपाली टोनी जा (चिरन राई)का स्टन्ट रहेकोले चलचित्र मट्टिमालालाई प्रतिक्षित चलचित्रको रुपमा हेरिएको छ ।

चर्चित संगीतकार सुमन राईले संगीत गरेको चलचित्र “मट्टिमाला” मा संगीतकार स्वयम् सुमन राई, पछिल्लो समयकी चर्चित आईटम गायिका बबिना किराती, गायिका अमृता लिम्बु, सुन्दर लामा, आनन्द राई, संगीता थापा र विक्रम राईले चलचित्र “मट्टिमाला”का गीतहरुमा स्वर दिएका छन् । गीतको शब्द रचना भने चर्चित गीतकार जानु काम्वाङ्ग लिम्बु, रोशन भट्टराई,साङ्गे ब्लोन तामाङ्गको रहेको छ ।

दर्जनौ चलचित्रका छायांकन गरिसकेका अनुभवी क्यामेरा मेन राहुल राईले छायांकन गरेको चलचित्र “मट्टिमाला” को सम्पादन भने अहिलेका व्यास्त एडिटर अनिल महर्जनले गरेका हुन् ।

जेठ २५ गते नेपाल भर एकै साथ् प्रदर्शनमा आउने चलचित्रको निर्माण पृथ्वी राईले गरेका हुन् । चलचित्र “मट्टिमाला” पौरखी फ्लिमको व्यानरमा निर्मिण भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *