सभामुख कृष्णबहादुर महराले पद तथा गोपनीयताको शपथ लिए

लाठ्माडौ- राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । नेकपा (माओवादी केन्द्र)का नेता महरा शनिबार सभामुखमा निर्विरोध निर्वाचित भएका थिए ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा भएको शपथ समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, मन्त्रिगण, संवैधानिक र सुरक्षा निकायका प्रमुख, उच्चपदस्थ कर्मचारीलगायतको उपस्थितिमा नव नियुक्त सभामुख महराले पद तथा गोपनियताको शपथ लिएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *