काठमाडौ १६ असार-नेपाली गीत संगीतको क्षेत्रमा रमेश संग्रौला कुनै नौलो नाम होईन् । तेह्रथुम जिल्लाको आठराईमा जन्मेका सर्जक संग्रौला पत्रकारीता तथा गीत-संगीतमा जमेको नाम हो । उनले गीतका गोरेटाहरुमा आवाज भर्न सक्छन् ।
गीतका शब्दहरूमा संगीत भर्छन् । यति मात्रैले पुग्दैन उनको परिचय, छायांकन, निर्देशन र त्यसलाई सम्पादनसम्म गर्न सक्ने बहुआयामिक स्रस्टा संग्रौलाले २०६४ सालमा स्नाकोत्तर तहसम्मको अध्ययन पुरा गरेर यो क्षेत्रमा लागेका हुन् ।
विगत १२ बर्ष देखि यो क्षेत्रमा क्रियाशिल संग्रौलाले ‘तिमीलाई कुनै बस्तु ठाने सके माफ गरिदिनु’ बोलको गजल गीतमा स्वर तथा संगीत दिएर सांगीतिक क्षेत्रमा औपचारीक रुपमा प्रवेश गरेका हुन् ।
राम कृष्ण ढकालले आवाज दिएको ‘तिमीसँगै घुम्ने रहर बाँकी थियो’, प्रमोद खरेलको आवाजमा सजिएको ‘बिना गल्ती सजाए चोट दियौ मलाई’ लगायत चर्चित गीतमा संगीत भरेका छन् ।
दुई दर्जन जति गीतमा आवाज भरेका संग्रौला अनलाईन नेपाली समाचारका प्रधान सम्पादक समेत रहेका छन् । पछिल्लो समयमा ईण्डिजिनस टेलिभिजन माफर्त प्रसारण हुने कार्यक्रम मेगाईन्टरटेन्मेन्टका प्रस्तोताका रुपमा कामगर्दै आएका छन् ।
हालै ईन्दिरा प्रयासको शब्द र गायिका यदु राई लकान्द्रीको स्वर रहेको “मनको गहिराईमा” बोलको गीत संग्रौलाकै संगीतमा सार्वजनिक भएको छ ।
यो गीतको म्युजिक भिडियो पनि बनेको छ । उक्त गीतको म्युजिक भिडियोलाई संगीतकार तथा गायक समेत रहेका रमेश संग्रौलाले नै निर्देशन पनि गरेका छन् । गीतलाई राजु कार्कीले एरेन्ज गरेका हुन् भने रविन शंकरको कोरियोग्राफीलाइ मुकेश हुमागाईंद्वारा छायांकन गरिएको छ ।
यो गीतको म्युजिक भिडियोमा नायिका सरला थापाको साथमा एन टि भि तथा रेडियो नेपालमा प्रसारण हुने दुई छुट्टा छुट्टै कार्यक्रमका संचालक समेत रहेका दिपक चाम्लिङ्गले अभिनय गरेका छन् । यस म्युजिक भिडियोलाई प्रदिप दाहालले सम्पादन गरेका हुन् । यो गीतको म्युजिक भिडियोमा अजय र एलेक्सले समेत अभिनय गरेका छन् ।
यो गीतको म्युजिक भिडियो हेर्न याहाँ क्लिक गर्नुहोला
संग्रौलाको स्वरमा रहेको गीत