श्रीलङ्कामा देजमोको संगठन निर्माण , जनवादी व्यवस्था ल्याउन संघर्ष गर्ने निर्णय

आयुष न्यौपाने
बर्दिया – नेकपा (क्रान्तिकारी माओवादी) का वरिष्ठ नेता सिपि गजुरेलले नेतृत्व गरेको देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालले देस व्यापी रूपमा संगठन निर्माण र जनताका आवाजहरूको नेतृत्व गरिरहेको छ ।

संगठन निर्माण तथा जनपरिचालन अभियान लिएर निम्न वर्गिय जनताहरूका गाउँ  बस्तिहरूमा अहिले क्रान्तिकारी माओवादीका केन्द्रीय नेताहरू पुगिरहेका छन् ।

कैलालीको धम्सीपुरमा-८ अन्तरगत श्रीलङ्कामा देजमो नेपालले नन्दु मल्लाहको संयोजकत्वमा १६ सदस्यीय गाउँ कमिटी गठन गरेको छ । श्रीलङ्कामा आज बसेको एक भेलाले उक्त कमिटी गठन गरेको हो ।

भेलाले दलाल संसदीय व्यवस्था पल्टाएर जनवादी व्यवस्था ल्याउन सघर्ष गर्ने निर्णय समेत गरेको छ । उक्त भेलामा क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य तथा बाँके-बर्दिया ईन्चार्ज  भुपेन्द्र न्यौपाने, पार्टी सेक्रेटरी लोकेश लगायतको, सदस्य लोकेन्द्र लगायतको अपस्थिती रहेको थियो ।

त्यसैगरी आज राजापुरको रजपुरवामा पनि खाउ स्तरिय देजमोको कमिटी गठन भएको छ । भेलाले मिना आचार्यको संयोजकत्वमा ८ सदस्यीय कमिटी गठन गरेको हो ।

Leave a Reply

Your email address will not be published.