विजय कुमार गच्छदार आजै नेपाली कांग्रेसमा फर्किने

काठमाडौ २३ असोज- नेपाली कांग्रेस र नेपाल लोकतान्त्रिक फोरमबीच पार्टी एकीकरण हुने भएपछि विजय कुमार गच्छदार अध्यक्ष रहेको पार्टी फोरम सोमबार अपरान्ह नेपाली कांग्रेससँग एक हुने भएको छ ।

स्रोतका अनुसार गच्छदार नेपाली कांग्रेसमा प्रवेश गर्दै पार्टी एकीकरणको घोषण गरिने छ । आज ३/४ बजेतिर बालुवाटारमा पार्टी एक गर्ने सहमति भएको जनाईएको छ ।

गच्छदार २०६४ सालअघि नेपाली कांग्रेसमा नै थिए । उनले नेपाली कांग्रेसको तर्फबाट २०४८, २०५१ र २०५६ मा टिकट लिएर चुनाव जितेका थिए भने त्यसपछि उनले २०६४ मा उपेन्द्र यादव नेतृत्वको मधेसी जनअधिकार फोरमबाट चुनाव जितेका थिए । २०६६ साल साउन १६ उपेन्द्र यादवबाट छुट्टिएर उनले नेपाल लोकतान्त्रिक फोरम पार्टी गठन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *