विकास प्रेमी पूर्व मेयर गौरीशंकर यादव फोरम नेपालमा प्रवेश

अभिमनु कुमार पटेल, रौतहट १५ जेठ-गौर नगरपालिकाको पूर्व मेयर गौरीशंकर यादव फोरम नेपालमा प्रवेश गरेका छन । संघीय समाजवादी फोरम नेपाल रौतहटको सदरमुका गौरमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा गौर नगरपालिकाको दुई पटक मेयरको जिम्मेवारी निर्वाह गरिसकेका पूर्व मेयर गौरीशंकर प्रसाद यादवले फोरम नेपालमा प्रवेश गरेका हुन् ।

पार्टी प्रवेश कार्यक्रममा राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले पूर्व मेयर गौरीशंकर यादव लगायत सयौं नेता कार्यकर्तालाई फूल-माला लगाएर पार्टी प्रवेश गराएका थिए ।

आफ्नो दलबलका साथ प्रवेश गरेका पूर्व मेयर यादवलाई आउदो स्थानीय निर्वाचनमा मेयर पदका लागि फोरम नेपालले अगाडी सार्ने भएको छ । प्रवेश गर्दै पूर्व मेयर यादवले भने – गौर नगरपालिकालाई अब नगरपालिका हैन स्वर्ग पालिका बनाउने उदेश्यका साथ अगाडी कदम बढाएको पूर्व यादवले बताए ।

जिम्मेवारी यो पार्टीले थप बल दिएकोले स्थानीय निर्वाचनमा सहभागी भई एक पटक अझ गौर नगरपालिकामा विकासको झण्डा फहराउने चाहना रहेको छ । विगतका दिनमा मैले गरेको गनरपालिकामा विकास एउटा नमुनाको रुपमा छ ।

यो आन्दोलनले मधेशमा प्राप्त उपलब्दी पनि गुम्ने र चुनाव जस्तो जनताको सर्वभौम अधिकारलाई कुण्ठित गर्ने हुनाले यो चुनावलाई उपयोग गरी मधेश र उत्पिडित जनताको अधिकार दिलाउन लाग्नु पर्ने बताए ।

प्रवेश गरेका पूर्व मेयर अध्यक्ष यादवले भने “एमाले मधेश विरोधी भएको र यो पार्टी नश्लिय चरित्र बोकेकोले यो पार्टीले राष्ट्रिय एकता कायम राख्न नसक्ने बताए । पार्टी प्रवेश कार्यक्रम एमालेका युवा नेता जितेन्द्र साह, काँग्रेस पार्टीका लालबाबु लगायत सयौं नेता कार्यकर्ताहरु प्रवेश गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *