कार्तिक १ काठमाडौ,अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीको निवासमा म्याद टाँस्ने सर्वोच्च अदालतलव प्रयास गरे पनि असफल भएको छ। म्याद टाँस्न लोकमानको निवासमा पुगेका सर्वोच्चका कर्मचारीलाई केही युवाको समूहले म्याद टाँस्न दिएनन् ।
आफूहरुलाई सामसङ कम्पनीका कर्मचारी बताउने युवाहरुको समूहले अख्तियार प्रमुख कार्कीको घरमा म्याद टाँस्न रोकेको थियो। युवाहरुको समूहले म्याद टाँस्न नदिए पछि बानेश्वरस्थित कार्कीको निवासमा पुगेका सर्वोच्च अदालतका दुई कर्मचारी म्याद नटाँसी फर्किए।
अख्तियार प्रमुखको नियुक्तीसम्बन्धी मुद्दामा बहसका लागि अदालतमा बोलाउँदा पनि कार्कीले अस्विकार गरेपछि सर्वोच्च अदालतको टोली सूचना टाँसका लागि उनको निवास पुगेको थियो। कार्कीलाई अदालतले बोलाउदा पनि नआएपछि,उनको घरमा सूचना टास्ने प्रयास भइ रहेको छ । तर यस अघि पनि सूचना टाँस गर्न कार्कीको निवास पुगेको टोलीलाई अवरोध गरेपछि सूचना नटाँसी फर्र्किएको थियो।