ललितानिवास प्रकरणमा पक्राउ परेका सात जनामध्ये तीनजना रिहा

काठमाडौं । बालुवाटारमा रहेको ललितानिवास प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेका सात जनामध्ये तीनजना रिहा भएका छन्।

ललिता निवास प्रकरणमा अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले मंगलबार भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङ र निर्वाचन आयोगका पूर्वआयुक्त सुधीर शाहसहित ७ जनालाई पक्राउ गरेको थियो।

कलाधर देउजा, भुपेन्द्रमणि केसी र सुरेन्द्रमान कपालीलाई अदालतको स्टेअर्डरपछि रिहा गरिएको हो। देउजा मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख हुन् भने केसी र कपाली कर्मचारी हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *