लक्ष्मी राईलाई राष्ट्रपतिको उम्मेदवार बनाउने कांग्रेसको निर्णय

काठमाडौ- नेपाली कांग्रेस पार्टीले राष्ट्रपतिको निर्वाचनमा लक्ष्मी राईलाई पार्टीका तर्फबाट उम्मेदवार बनाउने निर्णय गरेको छ । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा आज बसेको केन्द्रीय कार्यसमिति बैठकले शहीद देवानसिंह राईकी सुपुत्री लक्ष्मी राईलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको हो । लक्ष्मी राई नेपाली कांग्रेस पार्टिका पूर्व केन्द्रीय सदस्य एवं पूर्वसभासद् हुन् ।

राष्ट्रपतिको लागि आज उम्मेदवारी हुने भएको छ भने निर्वाचन फागुन २९ गते तोकिएको छ । निर्वाचन आयोगले उम्मेदवारी दर्ताका लागि अाज बिहान १० बजेदेखि २ बजेसम्मको समय तोकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *