राष्ट्रपति ट्रम्पले विदेश मन्त्रीलाई पदबाट हटायो

काठमाडौ- संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्ना विदेशमन्त्री रेक्स टिलरसनलाई पदबाट हटाएका छन्। उनको स्थानमा ट्रम्पले अमेरिकी गुप्तचर निकाय-सीआइएका निर्देशक माइक पोम्पेओलाई नियुक्त गर्नेछन्।

सामाजिक संजालको वेबसाईट ट्वीटरमा एक सन्देश लेख्दै राष्ट्रपति ट्रम्पले रेक्स टिलरसनलाई “उनले पुर्याएका सेवाका लागि” भन्दै धन्यवाद दिएका छन्।साथै नयाँ विदेशमन्त्रीले “एकदमै राम्रो” काम गर्ने पनि ट्रम्पले उल्लेख गरेका छन्।

टिलरसन गएको वर्ष मात्र सो पदमा नियुक्त भएका थिए। टिलरसनले ब्रिटेनमा एकजना भूतपूर्व रुसी गुप्तचरलाई विष दिइएको घटनामा रुसको हात हुनसक्ने भन्ने ब्रिटेनको अनुमानमा आफू पनि सहमत भएको र उक्त घटनामा जिम्मेवारहरुलाई दण्ड दिइनु पर्ने भनी सोमबार एक अभिव्यक्ति दिएका थिए।

राष्ट्रपति ट्रम्पले सीआइएको निर्देशक पदमा जिना ह्यास्पेलको नियुक्तिको घोषणा गरेका छन्। सीआइएको निर्देशकको पदमा नियुक्त हुने उनी पहिलो महिला हुन्।
बिबिसी बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *