राजपा नेपालको बन्द प्रवाह रौतहटमा कमजोर

अभिमनु कुमार पटेल रौतहट १४ असार
राष्ट्रिय जनता पार्टी नेपाल रौतहटले केन्द्रीय कार्यक्रमहरु गर्न रौतहटमा असफल भएको छ । राजपा नेपाल केन्द्रीय कार्यालयले पटक पटक कार्यक्रमहरु प्रत्येक मधेशका जिल्लामा लागु गरी निती निर्देशण अनुरुप कार्यक्रम गर्नको लागि विज्ञप्ती जारी गर्दा मधेशका अधिकाश जिल्लामा धेरै राम्रोसँग सफल भएपनि राजपा नेपाल रौतहटमा कार्यक्रमहरु असफल जस्तो भएको छ ।

कार्यक्रमहरुको कमजोरी तथा असफल हुनुको मुख्य कारणराजपा नेपाल भित्र रहेका जिल्ला स्तरका नेताहरु एक अर्कालाई आफनो पार्टीको नेता मान्न स्वीकार गर्न त्यार नरहेको । आफनो निजी कार्यक्रममा हजारौ जनता जुटाउन लाखौ लाख रुपैया खर्च गर्न तयार रहेको नेताहरु पाटीको कार्यक्रममा किन त्यति भिड जुटाउन सकिरहेको छैन ।केही जिल्ला स्तरका नेताहरु आफनो वास्तविक भुमिका निर्वाह नर्गनु भएकोले र मुख्य रुपले राजपा रौतहटका संयोजक अपरिपकव , कमजोर नेतृत्वका कारण जिल्लाका नेताहरुलाई एक ढिकामा उभाउन तथा समयमा राम्रो निती निर्देशण जारी गर्न नसेकोले राजपाको कार्यक्रम लगायत अन्य कुरामा रौतहटमा खोखलो देखा परेका एक जना राजपा नेता नाम नखुलाउने गरी संयोजक रामप्रवेश दास माथी आरोप लगाएका छन ।

यस्तो तालले राजपा नेपाल रौतहटले कार्य गर्यो भने भविष्यमा रौतहटमा राजपाले ठूलो चुनौती एवं क्षती भोगन तयार हुनु पर्छ बताए । यस्तो मधेश बलिरहेको अवस्थामा रौतहटको माटोको डलो बोल्ने प्रस्थितिमा रौतहटका संयोजक रामप्रवेश दासले त्यति आफनो राजपा नेपाल प्रति अहम भुमिका निर्वाह गर्न नसकेको राजपा नेताले बताएका छन ।
राजपा नेपाल केन्द्रीय कार्यालयको निती निर्देशन अन्तर्गत प्रत्येक जिल्लामा असार १० गते सदरमुकाममा अन्तरक्रिया

कार्यक्रम, ११ गते मोटरसाईकल रैली, १२ र १३ गतेका दिन मुस्लिम समुदायलाई ईद्य पर्वको शुभकामना अदान प्रदान गर्ने र असार १४ गते मधेश तथा थरुहट बन्द आम हडताल लगायत अन्य कार्यक्रमहरुका अगुवाई गर्न नसेकोले रौतहटमा सबै कार्यक्रम असफल रहेको बताए ।

यस कारण राजपा नेपाल रौतहटको अगामी दिनमा पार्टीलाई जिन्दा र मधेश मुदा प्रति सशक्त रही काम गर्ने सबल, कुशल र राजनीतिक परिपकव पार्टीको निर्देशन लाई आफनो दायित्व बुझेर अहम भुमिका निर्वाह गर्ने संक्षम व्यतिmलाई संयोजक पदको जिम्मेवारी दिन जोडरुपले माग गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *