भक्तपुर ४ असार- यती कार्पेट इन्डस्ट्रिजमा गए राति लागेको भीषण आगलागीमा एक अर्बभन्दा बढी क्षति भएको छ । राति ११ः३० बजेदेखि शुरु भएको आगलागी भक्तपुर वारुण यन्त्र, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी तथा काठमाडाँ र ललितपुरका आठ दमकलबाट आठ घन्टापछि नियन्त्रणमा आएको थियो ।
अनिल केडियाद्वारा सञ्चालित उक्त उद्योगमा ट्रान्सफर्मर पड्किएर आगो लागेको बताईएको छ । आगलागीबाट उद्योगकै दुई सवारी साधन र पक्की भवन, जस्ताका पाँच टहरा र उद्योगसँगै जोडिएको सर्वसाधारणको एउटा पक्की भवन जलेर क्षतिग्रस्त भएको छ । सय जना मजदुर कार्यरत उद्योगमा राति ३५ जना कार्यरत भए पनि मानवीय क्षति भने भएको छैन ।