मोतिहारी-अमलेखगंज पेट्रोलियम पाइपलाइनको मर्मत हुँदै: नि

वीरगंज । पेट्रोलियम पदार्थ आपूर्ति गर्न बनाइएको मोतिहारी-अमलेखगंज पेट्रोलियम पाइपलाइनमा समस्या आएको छ। वीरगंजबाट ८ किलोमिटर उत्तरमा परवानीपुरको हुनमान मन्दिर नजिकै पाइपलाइनको पाइपबाट तेल ओर्सान प्रेसर दिने पम्पमा समस्या आएको हो।

परवानीपुरस्थित पाइपमा रहेको भल्भमा समस्या आएपछि नेपाल आयाल निगमले भारतीय प्राविधिकबाट पाइपलाइनको मर्मत गराइरहेको छ।

नेपाल आयाल निगम अमलेखगंज डिपोका प्रमुख प्रदीप यादवका अनुसार भल्भमा समस्या आएपछि इण्डियन आयल कर्पोरेसनको सहयोगमा भारतको कर्नाटकाका प्राविधिकबाट उक्त पाइपलाइनको मर्मत गर्ने काम भइरहेको छ।

‘पाइपलाइनबाट अहिले पनि डिजेल निर्वाद रुपमा आइरहेको छ, प्रेसरमा केही समस्या थियो’, उनले भने, ‘भारतीय कम्पनी प्लान्ट टेक इण्डष्ट्रिज सर्भिसेज लिमिटेडबाट एक सातादेखि मर्मतको काम भइरहेको छ।’

उनले मर्मत-सम्भारले डिजेल आपूर्तिमा खासै असर नपरेको पनि प्रष्टयाए। उनले भने, ‘पाइपलाइनबाट आउने डिजेल आपूर्तिमा कुनै असर परेको छैन, प्राविधिकले भर्टिकल भल्भमा जोडेर मरम्त गर्ने गर्छन्, तेल आइरहन्छ, मर्मत पनि भइरहन्छ।’

२०७६ भदौ २४ गते मोतिहारी-अमलेखगंज पाइपलाइन सञ्चालनमा आएको थियो। भारतको ३२० करोड र नेपालको १२० करोड गरी कुल ४४० करोडमा निर्माण भएको ७० दशमलव २ किलोमिटर लम्बाई रहेको पाइपलाइनमा अहिले डिजेल मात्र आउँछ।

पाइपलाइन निर्माण पछि आयाल निगमको वार्षिक ढुवानी र प्राविधिक खर्च वापतको करिब ४ अर्ब रुपैयाँ जोगिने गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *