मेरुङ समाज पाथेकाले दर्जन बढि राष्ट्रिय कलाकारहरुलाई एकै साथ नचायो

खोटांग – मेरुङ समाज नेपालको आयोजनामा हालै सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । साविकको पाथेका गाविस हालको रुपाकोट मझुवा गढि नगरपालिका वडा नम्बर १० स्थित सरस्वती मा.विमा राष्ट्रिय स्तरका कलाकारहरुको साथमा मेरुङ समाज नेपालले सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको हो ।

खोटांग जिल्लामा जन्मिएर गीत-संगीतमार्फत देशबिदेशमा चर्चा बटुल्न सफल कलाकारहरु/गायकहरु रेवत राई, सचिन राई, सागर संसार राई, गायिका बविता(अनुमा) राई लगायतको प्रस्तुती रहेको कार्यक्रममा पुर्ब सांसद बिशाल भट्टराई, जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख डीएसपी लोकदर्शन थापा, शसस्त्र प्रहरी बल हलेसी गुल्मका प्रमुख डीएसपी दानबहादुर बानियाँ, स्थानीय निर्बाचित जनप्रतिनिधि लगायतका बिशिष्ट ब्यक्तित्वहरुको समेत उपस्थिती रहेको कार्यक्रममा सर्वसाधारणहरुको बाक्लो उपस्थिति रहेको थियो ।

कार्यक्रममा नेताहरु देशबिक्रम राई, होमकाजी आचार्य(बिनोद), बिष्णुभक्त राई लगायतको समेत उपस्थितीमा हास्य कलाकार योगिन राई, गायक तथा मोडल रमेश बानियाँ, गायक केशब भावुक, गायक योगेश खड्काले आ-आफ्नो प्रस्तुति प्रस्तुत गरेका थिए ।

दर्जन बढी स्थानीय कलाकारहरुको समेत गायन तथा नृत्य प्रस्तुती रहेको कार्यक्रममा संयोगबश जिल्लाका बिशिष्ट ब्यक्तित्वहरुको उपस्थिती हुन सकेको मेरुङ समाज नेपालका अध्यक्ष बम बानियाँले हामीलाई बताउनुभयो । गाउँकै एक जेष्ठ नागरिकलाई प्रमुख अतिथि बनाई शुरु गरिएको कार्यक्रममा पाथेका बाहेक खार्मी, खार्ताम्छा, अर्खौले, दिक्तेल लगायतका स्थानबाट अतिथि तथा दर्शक उपस्थित थिए ।

कार्यक्रममा गायक रेवत राई, सचिन राई र सागर संसार राईले आफ्ना लगायत अन्य केहि कालजयी गीतहरु गाएर क्रमश: आधा/आधा घण्टा बढी दर्शकलाई मनोरञ्जन दिलाएका थिए । उपस्थित दर्शकहरु हास्य कलाकार योगिन राईको फरक प्रस्तुतिबाट सन्तुष्ट बनेका थिए ।

पत्रकार रामधन राईको सहयोगमा तयार पारिएको समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *