मेराे खुशि लिएर अाउदै सुर्यादा

याेगिन राई
काठमाडौ- एल्बमकाे तयारीमा रहेका काठमाडाै स्वयम्भूका २२ बर्षिय सुर्यादा मगर अहिले निक्कै ब्यस्त रहेकी छन् । स्कुले जीवनदेखि नै गीत गाउन सुरु गरेकी सुर्यादा एसएलसी पास गरेपछि निरन्तर नेपाली गीत-संगीतमै लागि रहेकी छन् ।

भविष्यमा गएर सबैखाले गीतलाई न्याए दिन सक्ने कुशल गायिका बन्न चाहन्छिन् । सुरसाला संगीत विद्यालयमा अाशा थापामगर संग संगीत सिकिरहेकी सुर्यदाले सुरु-सुरमा अाफ्ना अाफन्तहरुबाट र अाफ्नै परिवारबाट गीत गाउने प्रेरणा पाएकी थिइन् । अामा फुलमाया केलाङ मगर र बाबा रुद्रबहादुर केलाङ मगरकाे दाेस्राे सन्तानका रुपमा रहेका सुर्यादाले सुरुमा भने दिपचण्डि संगीत विद्यालय बालाजुमा गुरु गाेबिन्द थापामगर संग एक बर्ष संगीत सिकेकी थिईन् ।

उनको पहिलाे गीति एल्बम मेराे खुशि चाडै बजारमा अाउने तयारीमा रहेको छ । उक्त एल्बममा “मुटुभित्र तिम्राे तस्बिर” “मायादेउ मलाइ” “जुनपनि हैन भन्ने” सहित ३ वटा गीत रहने गायिका सुर्यदाले बताएकी छन् । सुर्यादालाई बिकास संगम राई र साे प्रेमले साथ दिएका छन् । उक्त गीतहरुको शब्द रचना तथा संगीत पनि साे प्रेम र बिकासकै रहेकाे छ ।

उनकाे याे पहिलाे एल्बमकाे सम्पुर्ण काम सकिएकाले चाडै बजारमा अाउने सुर्यादाले बताएकी छन् । डान्सिङ र पप विधाका गीतहरु रहेको र अाफुले निकै मेहनत गरेका कारण गीत-संगीतका दर्शक श्राेताले मन पराइदिनेमा उनी ढुक्क छिन् ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *