काठमाडौ २० असोज- नेकपा एमाले संग चुनावी तालमेल र पार्टि एकिकरण गर्ने निर्णय गरेपछि पार्टिको शक्तिशाली नेता गोपाल किरातीले असन्तुष्टि जनाउदै आएका छन् । पार्टिको सचिवालय सदस्य गोपाल किरातीले माओवादी केन्द्रको राष्ट्रिय सभागृहमा हुने प्रचण्ड समूहको पार्टी प्रशिक्षण समेत बहिस्कार गरेका छन् ।
उनले आफ्नो फेसबुकमा स्टाटस लेख्दै, आज बिहान प्रचण्डसँग एक घण्टा छलफल गरियो । ‘बैठक’ भनिएको भए विधिको दृष्टिले पनि अस्ती १७ गतेको ६ बुँदे घोषणा परिमार्जन सम्भव हुने थियो तर ‘प्रशिक्षण’ भनेपछि केन्द्रीयताको त्यो कार्यक्रमबाट परिमार्जनको कुनै गुन्जाईस रहेन र सभागृहमा गईएन भनेका छन् ।
भोली बिहान फेरी बस्ने प्रचण्डको अनुरोधलाई भने स्विकार गरियो । किनकी मलाई त्यस्तो कुनै हतारो छैन भन्दै भोलीको छलफल पछि सम्भवतः भोली नै नेकपा (माओवादी केन्द्र) पुनरगठन समिति निर्माण गरिने समेत उल्लेख गरेका छन् ।
किरातीले यो भन्दा अगाडि पनि पार्टिले औपचारिक निर्णय नगरी पार्टीलाई एमालेमा विलय गराउने प्रचण्ड समूहको कदम दक्षिणपन्थी विसर्जजनवाद भएको र त्यसको चौतर्फी भण्डाफोर गर्नुपर्ने बताईसकेका छन् ।
पार्टि एकतामा पार्टीमा प्रभावशाली नेताहरु कृष्णबहादुर महरा, वर्षमान पुन, प्रभु साह, मणि थापा, मातृका यादव समेत असन्तुष्ट रहेको समाचारहरु आएको थियो ।
गोपाल किरातीको फेसबुक स्टाटस
राष्ट्रिय सभागृहमा हुने श्री प्रचण्ड समूहको पार्टी प्रशिक्षण बहिस्कार गरियो
१) आज बिहान प्रचण्डसँग एक घण्टा छलफल गरियो । ‘बैठक’ भनिएको भए विधिको दृष्टिले पनि अस्ती १७ गतेको ६ बुँदे घोषणा परिमार्जन सम्भव हुने थियो तर ‘प्रशिक्षण’ भनेपछि केन्द्रीयताको त्यो कार्यक्रमबाट परिमार्जनको कुनै गुन्जाईस रहेन र सभागृहमा गईएन ।
२) भोली बिहान फेरी बस्ने श्री प्रचण्डको अनुरोधलाई भने स्विकार गरियो । किनकी मलाई त्यस्तो कुनै हतारो छैन ।
३) भोलीको छलफल पछि सम्भवतः भोली नै नेकपा (माओवादी केन्द्र) पुनरगठन समिति निर्माण गरिन्छ ।