मलेशियामा रहेका नेपाली व्यवसायीहरुले स्कुललाई आर्थिक सहयोग गरे

मलेशिया २३ चैत्र, मलेशियामा रहेका नेपाली व्यवसायीहरुले स्कुललाई आर्थिक सहयोग गरेका छन् । धादिङ्ग जिल्लाको नौबिसे-१ गौचरण स्थित श्री कालीदेवी आधारभूत स्कुललाई मलेशियामा रहेका व्यवसायीहरुले २,२१,७५० (दुई लाख एक्काई हजार सात सय पचास)रुपैयाँ आर्थिक सहयोग गरेको हो । सोहि विद्यालयमा  अध्यायन गरेका पुर्व विद्यार्थी हाल मलेशियाका नेपाली व्यवसायी राजु खत्रीको पहलमा,उक्त सहयोग रकम संकलन  हो ।

उक्त रकम विद्यालयको भवन निर्माणको लागी सहयोग गरिएको मलेशियामा रहेका व्यवसायी बलबहादुर राईले सूचना खबरलाई बताएका छन् । उक्त विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विजय तामांगको अध्यक्षमा बैठक बसी उक्त सहयोग रकम विद्यालय भवन निर्माणमा खर्च गरिने बताएका छन् ।

उक्त विद्यालय भवन निर्माणको लागी मलेशियाका व्यवसायी बलबहादुर राईले उहाँका छोरा निदुहांगा राईको नाममा मलेशियन मुद्रा आरएम २५५५ सहयोग गरेका छन् । यसैगरी व्यवसायी अनिल पाण्डेले आफ्नो छोरा आरोन पाण्डेका नाममा आरएम १६००, द गोर्खाज रेस्टुरेण्ट जोहर बाट आरएम ५५५, व्यवसायी सुनिल श्रेष्ठ आरएम ६०५ व्यवसायी अमर राई आरएम १००५, व्यवसायी ज्ञानेन्द्रबहादुर ठकुरी आरएम ५५५, व्यवसायी रुद्रबहादुर बस्नेत आरएम ५५५, व्यवसायी टपबहादुर गाहा आरएम ५५५ गरेर जम्मा नेपाली २,२१,७५०(दुई लाख एक्काई हजार सात सय पचास) रुपैयाँ आर्थिक सहयोग गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *