ममता प्रसादलाई गोलि हानिएको आशंकामा ३ जना पक्राउ

कैलाली २९ फागुन- युवतीमाथि बोक्सीको आरोप लगाउदै कुटपिट घट्नामा घोडाघोडि नगरका मेयर ममता प्रसाद चौधरीले पिडितलाई कुनै सहयोग नगरेको आरोप लागेका कैलालीको घोडाघोडी नगरपालिका प्रमुख ममताप्रसाद चौधरीमाथि सोमबार राति गोली र खुकुरी प्रहार गरेको भएको थियो । गोलि र खुकुरी प्रहार गरेको आशंकामा अहिले प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । अनुसन्धान जारी रहेकाले पक्राउ परेकाहरुको नाम अहिले प्रहरीले सार्वजनिक गरेको छैन ।

घोडाघोडीको ‘बोक्सी काण्ड’मा मिलापत्र गराउन खोजेको भन्दै विप्लव समूहका एक नेताले चौधरीलाई एमालेले कारवाही नगरे आफूहरुले ‘जनकारवाही’ गर्ने धम्की दिएका थिए ।

सोमबार राति करिब सवा ८ बजेतिर सुखड बजार नजिकै रहेको आफ्नो घरभित्र बसिरहेका नगर प्रमुख चौधरीलाई नचिनेका मान्छेको समूहले काम छ भन्दै घर बाहिर बोलाएर गोली र खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ । चौधरीको कम्मरमुनि गोली लागेको र टाउको तथा दायाँ हातमा खुकुरीको चोट लागेको छ ।

३ वटा मोटरसाइकलमा आएको समूहले घर बाहिर बोलाएर चौधरीलाई आक्रमण गरेको बुझिएको उनले बताए । घटनास्थलबाट प्रहरीले से २ प ३६७१ नम्बरको मोटरसाइकल बरामद गरेको छ । उक्त मोटरसाइकल कसको हो भन्ने खुलिनसकेको प्रहरी अधिकारीहरुले बताएका छन् । नगर प्रमुख ममता प्रसाद चौधरीको अवस्था खतरामुक्त रहेको जानकारी उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *