भोजपुर हातेमालो समाजले संकलन गरेको १ लाख २७ हजार, मृगौला पिडित मदनकुमार राईलाई आर्थिक सहयोग (भिडियो सहित)

ईन्द्र जिजीबिषा / काठमाडौ- मृगौला पिडित मदनकुमार राईको उपचारार्थ भोजपुर हातेमालो समाज युएईले आर्थिक सहयोग गरेको छ । खोटाङ्ग दिप्रुंग गाउँपालिका -६ का मदन कुमार राईका दुवै मृगौलाले काम गर्न छाडेपछि अहिले देश बिदेशमा आर्थिक संकलनको अभियान चलाईएको छ । यहि सिलसिलामा भोजपुर हातेमालो समाजले मृगौला पिडित मदन कुमार राईको उपचारको लागि भाेजपुर हातेमालो समाज युएईले १ लाख २७ हजार आर्थिक रकम गायिका कला राई मार्फत हस्तान्तरण गरेको हो ।

पिडित राईले पहिला धरानमा १९ दिन उपचार गरेका थिए । तर त्यहाँ उपचार हुन नसकेपछि ललितपुरस्थित निदान हस्पिटलमा उपचार गराई रहेका छन् । पिडित राईका अनुसार, उपचारमा आफन्तकै रगत ग्रुप मिलेमा र आफन्तले नै मृगौला दिएमा १५ लाख जति लाग्ने र आफन्त बाट मृगौला नपाएमा किन्न परेको खण्डमा ६० लाख रुपैयाँ लाग्ने छ ।

राईको उपचारार्थ भोजपुर हातेमालो समाज युएई बाट धुर्व तामाङ, अनि हिमालयन रेष्टुरेन्ट युएईका सञ्चालक कटक राई साथै मोनिका राई, मुक्ति राईले उक्त रकम संकलन गर्न प्रमुख भूमिका खेलेकोमा पिडित राई र उनको श्रीमती अतिसरा राईले धन्यवाद दिएका छन् भने उक्त रकम आ-आफ्नो ठाउँबाट सहयोग गरेर रकम संकलनमा सहयोग गर्ने सबै प्रति आभार व्याक्त गरेका छन् ।

अरु के-के भयो रकम संकलनमा ? प्रत्यक्ष भिडियोमा हेर्नुहोला

Leave a Reply

Your email address will not be published.