भिम बहादुर दाहाललाई ब्लड मनी तिर्न नसक्ने भन्दै मिनाहा गर्न अदालत सामु साउदी प्रहरीको माग

jailअसोज १० काठमाडौ, बेलबारी ८ मोरङका भिम बहादुर दाहाललाई एक साउदी नागरिकको हत्य सम्बन्धी मुद्दामा ९० लाख रुपैयाँ ( तीन लाख रियाल ) तिर्न सक्ने हैसियत नभएको भन्दै साउदी अरब प्रहरीले मिनाहा गर्न स्थानीय अदालतलाई अनुरोध गरेको छ ।

साउदी नागरिकको परिवार सवार गाडिलाई भिम बहादुर दाहालले चलाएको गाडीले ठक्कर दिदा एक साउदी नागरिकको मृत्यु हुनका साथै ७ जना घाइते भएका थिए । उक्त घटनामा दहाललाई दोष देखाउदै, पिडित पक्षलाई तीन लाख साउदी रियाल ब्लड मनि र गाडी मर्मत गर्न १७ हजार रियाल बुझाउनु पर्ने आदेश दिएको थियो ।

अदालतले तोकेको जरिवाना तिर्न नसक्दा बिगत चार बर्ष देखि दाहाल साउदी अरवको रियाध जेलमा छन् । साउदी अरबमा,ड्राइभरको गल्ती देखिए, ड्राइभर बाटै क्षतिपूर्ति भराउने चलन छ ।

सो जेलमा, झापाका मदन राई मोरङ बिराटचोकका श्रेष्ठ थरका अर्का एक ब्याक्ती पनि रहेको जानकारी आएको छ । ट्राफिक प्रहरीले उनको आइडी जाँच गर्न माग्दा, आइडी कार्डको साथमा एक सय रियालको नोट पनि पर्न जादा, घुस दिन खोजेको आरोपमा साउदी प्रहरीले मुद्दा चलाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *