भारतबाट काठमाडौं आउँदै गरेका १० वटा ट्रकहरु थानकोट नाकामा समातिए

काठमाडौ २ चैत्र- भारतबाट सुनौली र रक्सौल नाका हुँदै काठमाडौं आउँदै गरेका १० वटा ट्रकहरु थानकोट नाकामा समातिएका छन् । शिलबन्दी अवस्थामा रहेका ती ट्रक राजस्व अनुसन्धान विभागमा बुझाइएको छ । ती ट्रकमा के रहेको छ भन्ने बाहिर खुलाइएको छैन ।

स्रोतका अनुसार गृहमन्त्री रामबहादुर थापा बादललाई ट्रकमा अवैध सामग्री काठमाडौं भित्रदै गरेको सूचना आएपछि शुक्रबार विहान ८ बजेदेखि प्रहरीले चेकजाँच गरी १० वटा ट्रक राजस्व अनुसन्धान विभागमा बुझाएको हो ।

Leave a Reply

Your email address will not be published.