भर्खरै धनगढिमा नयाँ घर किनेकी आरजु देउबाले डडेल्धुरामा पनि अर्को नयाँ घर किन्ने

धनगढी १४ मंसिर – नेपाली कांग्रेसकी नेतृ आरजू देउवाले हालै धनगढीमा घर खरिद गरेकी थिईन् । अब आरजू देउबाले डडेल्धुरामा पनि अर्को घर बनाउने र जमेर राजनीति गर्ने बताएकी छन् । म आफन्तको घरमा बसेर उनीहरुको जीवन डिस्टर्ब चाहन्न, मैले बिहानै कार्यकर्ताहरुलाई पाँच सय कप चिया खुवाउँछु । आफन्तजनलाई बिहान बिहानै पाँच सय कप बनाउन लगाउन सकिन्न, बैंकले ऋण उपलब्ध गराई रहेको नै छ त्यसैले आफ़्फ़ॊले अब अर्को पनि घर किन्न लागेकी बताएकी छन् ।

सुरुमा आफूले भाडामा घर खोजेको तर चित्तबुझ्दो नपाएको आरजुले बताएकी छन् । “होटेलमा बसेर चुनाव प्रचार गर्ने कुरा पनि भएन” आरजुले भनेकी छन् ।

कांग्रेस नेतृ आरजुले नयाँ घर खरिदका लागि बैंकसँग ऋणको प्रक्रिया अघि बढिसकेको तर लेनदेन हुन बाँकी नै रहेको पनि बताएकी छन् । ‘सेञ्चुरी बैंकबाट ऋणको प्रक्रिया अगाडि बढाएकी छु । नेगोसिएसनकै चरणमा छ । किन्ने निर्णय भने भइसकेको छ, किनिसकेकी छैन ।’ आरजुले भनेकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *