बर्दियामा देजमोको आक्रामक चुनावी प्रचार: लाईभ भिडियो सहित

आयुष न्यौपाने/ बर्दिया,१३ मंसिर – चुनावको क्रान्तिकारी उपयोगको नीति लिएर निर्वाचनमा उत्रिएको नेकपा क्रान्तिकारी माओवादी समर्थित देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल बर्दियाले संसदीय व्यवस्थाका विरूद्धमा जिल्लाभर व्यापक भण्डाफोर अभियान चलाउदै आक्रामक रूपमा चुनावी प्रचार गरिरहेको छ ।

देजमो बर्दियाका अनुसार क्षेत्र नम्बर एकमा पहिलो चरणमा चुनावी पोष्टर पम्प्लेट र प्रतिबद्धता टास्ने काम र दोश्रो चरणमा संसदीय व्यवस्थाको व्यापक भण्डाफोर र ठाउँ ठाउँमा कोणसभा सम्पन्न भएको हो ।

देजमोबाट बर्दिया क्षेत्र नम्बर एकका प्रतिनिधि सभा सदस्यका उम्मेदवार लोकराज जैसीले राज्य श्रोतको चरम लुट गरेर गाडीहरूका लावा लस्कर, खोक्रो तामझाम देखाउने संसदीय पार्टीहरूको वास्तविकता जनतामाझ छर्लङ्ग भएको र जनतालाई संसदीय व्यवस्था झुट र भ्रमको खाडल जस्तो लागेको तर्क गरेका छन ।

प्रतिनिधि सभा सदस्यका उम्मेदवार जैसीले संसदोय व्यवस्था दलाल, भ्रष्टहरू र मुठ्ठीभरका सामन्तहरूको भकारी जस्तो भएकाले जनताहरूले यो निर्वाचनको विधि मार्फत मुठ्ठी चिन्हमा मतदान गरेरे भत्काउने विश्वास व्यक्त गरे ।

उनले सबै शोषित पीडित जनताहरूको हक अधिकारको सुनिश्चिताका लागि, समानताका लागि, मुक्तिका लागि, देशमा स्थायी शान्ति र विकासका लागि गाउँ गाउँबाट जनवादी क्रान्तिको लागि तयार हुनुपर्नेमा जोड दिए ।

बर्दियाको सदरमुकाम गुलरियाका साथै मुख्य बजार बाँसगढी, बैदी, जयनगर, धधवार, बढैयाताल, मैनापोखर, भोलागौडी, सितलाबजार, गणेशपुर, खैरापुर लगायतका स्थानमा देजमोका उम्मेदवारको फोटो सहितका पर्चा पम्प्लेटहरू ठाउँ ठाउँमा टासिएको देखिन्छन भने नेता कार्यकर्ताहरू जनयुद्धका सहिद, बेपत्ता परीवार, अपाङ्ग र गरीव गाउँहरूमा केन्द्रीत भएको देखिन्छ ।

देजमोले हिजो आक्रामक रूपमा संसदीय व्यवस्था विरूद्ध ठाउँ ठाउँमा कोण सभाहरू हमेत गरेको छ । सभालाई क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य भुपेन्द्र न्यौपाने, सेक्रेटरी दुर्गा खत्री, जिल्ला नेताहरू रामलौटन थारू, लोकेन्द्र आचार्य र उम्मेदवार जैसीले सम्बोधन गरेका थिए । उक्त कार्यक्रम क्रान्तिकारी युवा लिंगका केन्द्रीय सचिवालय सदस्य दिल बहादुर कठायत भुकम्पले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *