फोरम र नयाँ शक्ती बिच पार्टी एकता नहुने

काठमाडौं ९ साउन- संघीय समाजवादी फोरम र नयाँ शक्तिबीच पार्टी एकता नहुने भएको छ । स्रोतका अनुसार चाँडै पार्टी एकता गरौं भन्दै बाबुरामले पटक पटक उपेन्द्र यादवसँग छलफल गरेका थिए तर उपेन्द्रले छलफल गर्दै जाउँ भन्दा पनि नमानेपछि विषयमा छलफल शनिबार र आइतबार एकताको विषयमा छलफल भएको थियो ।

शनिबार सैद्धान्तिक कुरा र पद लगायत अन्य प्राविधिक विषयमा आइतबार छलफल भएको थियो । बाबुरामले एकीकृत पार्टी नेतृत्व आफूले गर्नुपाउनु पर्ने भन्नेजस्तो कुरा राखेपछि कुरा नमिलेको बताईएको छ । उनले बाबुरामलाई एकीकृत पार्टीको सर्वोच्च नेता मान्न नसकिने फोरम स्रोतले जनाएको छ । उपेन्द्रको नेतृत्वमा बसेर पार्टी एकता गर्ने भए जहिल्यै जिन सुकै समयमा पनि पार्टी एकता गर्न तयार रहेको स्रोतले जनाएको छ ।

“कि मलाई नेता मान्नुस् होइन भने नयाँ शक्ति चलाएर खानुस्, चुनावमा तपाईँको हैसियत चुनावमा देखियो नी” आइतबारको बैठकमा उपेन्द्रले बाबुरामलाई भनेको फोरम स्रोतले बतायो ।

फोरमसँग पार्टी एकता नहुने भएपछि नयाँ शक्ति पार्टीले साउन ९ र १० गते राजधानीमा कार्यकारी समिति र ११ र १२ गते संघीय परिषदको बैठक बोलाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *