काठमाडौ १४ फागुन- संघीय समाजवादी फोरम पनि सरकारमा सहभागी हुने भएको छ । संविधान संशोधनमा नेकपा एमाले र नेकपा माओवादी केन्द्र सकारात्मक देखिएपछि फोरम सरकारमा जान सहमत भएका हुन् ।
आवश्यकता हेरेर संविधान संशोधन गर्दै जानेमा एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्ड सकारात्मक भएपछि फोरम एक मन्त्री र एक राज्यमन्त्रीसहित सरकारमा सहभागी हुन लागेको हो । फोरम अर्को चरणको मन्त्रिपरिषद विस्तारमा मात्र सरकारमा जाने भएको छ ।
राजपालाई पनि सरकारमा सहभागी हुन आग्रह गरी पनि अहिलेसम्म स्पष्ट जवाफ दिएको छैन ।