चितवन १० वैशाख, विपरित दिशाबाट आईरहेको मालबाहक ट्रक ठोक्किदा एक जनाको मृत्यु भएको छ । चितवनको इच्छाकामना गाउँपालिका ३ फिस्लिङमा आईतबार विहान दुई ट्रक एक आपसमा ठोक्दिा एक जनाको मृत्यु भएको हो भने पाँच जना घाईते भएका छन् ।
विहान साँढे ६ बजेको समयमा मुग्लिनबाट काठमाडौं जाँदै गरेको बा २ ख १९५८ नम्बरको ट्रक र विपरीत दिशाबाट आउँदै ना ५ ख ९१९० नम्बरको ट्रक एक आपसमा ठोक्दिा सो दुर्घटना भएको हो ।
दुर्घटनामा परि बा २ ख १९५८ नम्बरको ट्रक चालकको च्यापिएर घटनास्थलमै मृत्यु भएको चितवन प्रहरीले जनाएको छ । उनको सनाखत भने भएको छैन् ।
यस्तै ना ५ ख ९१९० नम्बरको ट्रक चालकसहित पाँच जना घाईते भएको प्रहरीले जनाएको छ । उनीहरुलाई उपचारका लागि धादिङ तर्फ पठाइएको छ ।