फागुन २० गते संघीय सांसद्हरुले शपथ लिने

काठमाडौ- फागुन २० गते संघीय सांसद्हरुले शपथ लिने भएका छन् । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा प्रतिनिधिसभाका सदस्यहरुले अपराह्न ४ बजे र राष्ट्रियसभाका सदस्यले ५ बजे शपथ लिनेछन् ।

प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यलाई छुट्टाछुट्टै ज्येष्ठ सदस्यले शपथ गराउने तय भएको छ । प्रतिनिधिसभाका सांसद्हरुलाई ८० वर्षीय महेन्द्र राय यादवले सपथ गराउने छन् ।

यस्तै राष्ट्रियसभा सदस्यहरुलाई ६९ वर्षीया तारादेवी भट्टले शपथ गराउने संसद् सचिवालयले जनाएको छ ।निर्वाचन नहुँदासम्मको लागि यादवले सभामुख र भट्टले राष्ट्रियसभा अध्यक्षको रुपमा जिम्मेवारी सम्हाल्नेछन् ।

Leave a Reply

Your email address will not be published.