फागुन ११ गतेदेखि भृकुटिमण्डपमा चौथो बंगलादेश एक्सपो–२०१८ हुँदै

काठमाडौं, ९ फागुन – नेपालस्थित् बंगलादेशी दुतावासको आयोजनामा यही फागुन ११ गतेदेखि फागुन १५ गतेसम्म चौथो बंगलादेश एक्स्पो र दोस्रो नेपाल–बंगलादेश बिजनेश फोरम हुने भएको छ । उक्त प्रर्दशनी भृकुटिमण्डपस्थित् प्रदर्शनी हलमा हुने नेपाल स्थित बंगलादेश दुतावासले जनाएको छ ।

दुतावासका अनुसार उक्त पाँच दिने व्यापार मेलाले नेपाल र बंगलादेशवीच भैरहेको व्यापारिक साझेदारी र सम्बन्धलाई थप उचाईमा पुर्याउने विश्वास लिईएको छ । त्यस्तै नेपाली बजारमा बंगलादेशमा उत्पादन भएका विविध वस्तुहरुलाई चिनाउनको लागि पनि यो मेला महत्वपूर्ण कडी हुने आयोजकले विश्वास दिलाएको छ ।

नेपालका लागि बंगलादेशकी राजदुत मास्फी बिन्ते शाम्स्ले भनिन्,‘यो मेला आयोजना गर्नुको मुख्य उधेश्य नै बंगलादेशमा उत्पादन भएका वस्तुहरुलाई नेपाली व्यवसायीहरु र उत्पादकहरुसँग चिनाउनु हो, हामी यो मेला आयोजना गर्न पाउँदा खुशी छौं ।’

त्यस्तै राजदुत शाम्सले यो मेलाले बंगलादेशका उद्योगी तथा व्यवसायीहरुलाई पनि नेपालको ठूलो बजारमा चिनिन टेवा पुग्ने विश्वास दिलाईन् । उनले अघि भनिन्,‘नेपाल र बंगलादेशवीच भएको व्यापारिक सम्बन्धले दुई देशवीचको सम्बन्धलाई अगाडि बढाउन, र उन्नत बनाउन महत्वपूर्ण भूमिका खेलेको छ, हामी दुवै देशले सामाजिक–आर्थिक विकास र आगामी समृद्धिको लागि सँगै मिलेर काम गर्नुपर्छ।’

उक्त प्रर्दशनी मेलामा बंगलादेशका उत्पादनहरु शो–केसमा राखिने आयोजकले जनाएको छ । प्रर्दशनीमा विशेषगरि निर्माण सामग्री र कन्ट्रक्सन सम्बन्धी सामाग्री, फर्निचर, जुटसम्बन्धी सामाग्री, रेडिमेट गार्मेन्टस्, सारीहरु, महिलासम्बन्धी वस्त्रहरु, प्लाष्टिकका उत्पादनहरु, कस्मेटिक्स, छालाका उत्पादनहरु, फुटवेयर, आईटी सोलुसन, शैक्षिक सामाग्रीहरु, ब्याट्रीहरु, मोटरसाईकल, ज्वेलरी राखिनेछन् ।

त्यस्तै प्रर्दशनीमा आर्ट एक्सिबेजशन पनि हुनेछ । जसमा २३ जना प्रसिद्ध बंगलादेशका कलाकारहरुको बंगलादेशको संस्कृति झल्काउने जीवन्त तस्विरहरु राखिनेछन् ।

दुतावासका अनुसार उक्त प्रर्दशनी मेलामा केही निश्चित नेपाली निर्यातकर्ताहरुलाई पनि नेपाली सामाग्रीहरु प्रर्दशन गराउन निम्तो दिईएको छ । जसले गर्दा उक्त सामाग्रीहरु बंगलादेश निर्यात गर्न मद्दत पुग्नेछ ।

दुतावासले उक्त प्रर्दशनी–मेला सूचना तथा नयाँ विचारहरु आदान–प्रदान गर्न नयाँ प्लेटफर्म हुने पनि अपेक्षा गरेको छ । दुतावासले भनेको छ,‘विचार तथा सूचना आदानप्रदान मात्रै नभएर दुवै देशका उद्योगी व्यवसायीहरुलाई पनि बि–टु–बि लिंकेज बढाउन यो एक्सपोले अवसर जुराउनेछ भन्ने हामीले विश्वास लिएका छौं, जसले गर्दा व्यापार र व्यवसायबाट द्धिपक्षीय आपसी लाभ हुन्छ।’

उक्त प्रदर्शनीमा दुतावासलाई ईभेन्ट म्यानेजमेन्ट कम्पनी यू–टर्न, बंगलादेश र नेपालबाट सिन्थेसिस एक्जिविशनस् र ईभेन्टस् प्रा.लिले सघाउने भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *