नयाँ दिल्ली – भारतको छत्तीसगढ राज्यको एक जंगलमा शुक्रबार बिहान प्रहरी र भारतीय सशस्त्र विद्रोही समूह नक्सलाइटबीच भएको भिडन्तमा परी एक जना प्रहरी र १० जना विद्रोहीको ज्यान गएको छ। छत्तीसगढ र तेलङ्गना राज्यको सीमा क्षेत्रमा पर्ने पुजारी कन्कर जंगलमा सो भिडन्त भएको थियो ।मारिनेमा नक्सलाइट विद्रोही समूहका एक उच्चस्तरीय कमाण्डर र ६ जना महिला लडाकूसमेत रहेको बताइएको छ।
भारतमा भूमि अधिकारको मुख्य उद्देश्य र मागराखी सन् १९६७ बाट पश्चिम बंगालको नक्सालबारी भन्ने स्थानबाट यो विद्रोह सुरु भएको मानिएको छ। आजसम्म यस विद्रोहमा परी कम्तीमा ६ हजार नागरिकको ज्यान गइसकेको भारतीय अधिकारीहरुले जानकारी दिएका छन्।