प्रहरी महानिरीक्षक प्रकाश अर्याललाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौ २९ चैत्र, नव नियुक्त प्रहरी महानिरीक्षक प्रकाश अर्याललाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । गृहसचिव लोकदर्शन रेग्मीले नवनियुक्त प्रहरी महानिरीक्षक प्रकाश अर्याललाई २८ चैत राती नै गृह मन्त्रालयमा आयोजित समारोहमा दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।

मन्त्रिपरिषद् बैठकले २८ चैतमा नायब प्रहरी महानिरीक्षक अर्याललाई प्रहरी महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको थियो । २०४४ मा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका अर्याल २६ औँ प्रहरी महानिरीक्षक भएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *