काठमाडौ २३ चैत्र,कवि पराजित पोमुकृत कविता संग्रह लेप्मुहाङ्गको डुङ्गाको राजधानीमा एक कार्यक्रम गरेर परिचर्चा गरिएको छ । लेप्मुहाङ्ग शब्द एक मिथकमा आधारित शब्द हो ।
संगीतकार मण्डल साम्पाङ्गको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कवि तथा प्राज्ञ श्रवण मुकारुङ्ग, उपन्यासकार तथा लेखिका प्रगती राई,रङ्गवाद कवि धर्मेन्द्र नेम्वाङ्ग, कवि स्वप्निल स्मृतले कवि र लेप्मुहाङ्गको डुङ्गा कविता संग्रह भित्रका कविताहरुको बारेमा टिका टिप्पणी तथा परिचर्चा गरेका थिए ।
कार्यक्रममा बोल्दै कवि तथा प्राज्ञ श्रवण मुकारुङ्गले यो लेप्मुहाङ्गको डुङ्गा कविता संग्रह भित्र पस्नलाई लिम्बु संस्कार र संस्कृतीको बारेमा अध्यायन गर्नु पर्ने बताए ।
त्यसैगरी उपन्यासकार तथा लेखिका प्रगती राईले लेप्मुहाङ्ग कविता संग्रह भित्रका कविताहरु रङ्गवाद हो कि ? यता वैरागी काईला तिरका हो कि ? यो ग्लोबलाईजेसन जस्तै भएकोले यो कविताका सर्जक कवि पराजितले कुनै एक धारलाई समातेर अगाडि बढ्नु पर्नेमा जोड दिईन् ।
यस्तै कवि स्वप्निल स्मृतले कवि पराजितलाई आफूले धेरै अगाडि देखि चिन्दै आएको र हाल कोरियामा कार्यरत भएकोले कोरियामा कार्यरत नेपालीहरुमाझ चिरपरित शसक्त कवि हुन् पराजित भने ।
ललितपुरको सातदोबाटोस्थित भेनस क्याफेमा सम्पन्न कार्यक्रममा कवि पराजितले लेप्मुहाङ्गका डुङ्गा,भूमिपुत्र,अर्को बाटो, राम्रो म,धनीराम,एक ढाकर युग गरेर आधा दर्जन कविता श्रवण गराएका थिए । कार्यक्रममा सयौ साहित्यकारहरुको उपस्थित रहेको थियो ।