किशोर पुमा राई / मलेसिया, १४ फागुन- नेपाल आदिवासी जनजाती महासङ्घ क्षेत्रीय समिती जोहोरबारु मलेसियाको तेश्रो अधिवेशन पस्चातको पहिलो बैठक २०१८ /०२ /२५ तारिखको दिन नेपाली भान्साघर सेनाइ जोहोरमा बसि विभिन्न प्रस्तावहरु पारित गर्दै सम्पन्न भएको छ ।
समितिको अध्यक्ष गोपाल राना मगरको अध्यक्षतामा सन्चालन भएको उक्त बैठकमा तेश्रो अधिवेसनले निर्वाचित गरेको नया कार्य समितिको पदाधिकारी तथा सदस्यहरुलाइ प्रमाणपत्र पनि प्रदान गरियो भने थप सदस्यमा आजको भेलाले मनिष धिमाल/ याम बलाल मगर र हेम पुन मगरलाइ सदस्यमा मनोनयन गर्ने निर्णय पारित पनि गरेको छ ।
विभिन्न १० बुदे प्रस्तावहरुमाथी व्यापक छलफल गरि निर्णय गरिएको आजको भेलामा तेश्रो अधिवेशनको दौरानमा उठेको केही प्रश्नहरुको महासङ्घ क्षेत्रीय समिती जोहोरको निवर्तमान सचिब तथा तेश्रो अधिवेशन आयोजक समितिको संयोजक मातृका धिमालले उत्तर दिएका थिए ।
उक्त बैठक संस्थाका सह सचिव मिना तामाङले संचालन गरेकी थिईन् ।