नेकपा क्रान्तिकारी माओवादी बर्दियाले शहीद तथा बेपत्ता परिवारलाई सम्मान गर्यो

बर्दिया – शहीद सप्ताहको सन्दर्भमा (नेकपा क्रान्तिकारी माओवादी) बर्दियाले शहीद तथा बेपत्ता परिवारलाई सम्मान गरेको छ । शहीद सप्ताहको अन्तिम दिन क्रान्तिकारी माओवादीले बर्दियाको गुलरियामा २३ औं शहीद सप्ताहको सन्दर्भमा आयोजित कार्यक्रमबीच सम्मान गरेको हो।

नेकपा क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य तथा बाँके-बर्दिया ईन्चार्ज संङ्कुलले ब्यवस्था परिवर्तनको लागि गरिएको राजनीतिक आन्दोलनका क्रममा सहादत भएका शहीद परिवार तथा बेपत्ता परिवारको पक्षमा सरकारले सिन्को समेत नभाचेको भन्दै शहीदको सपना पुरा गर्नका लागि क्रान्ति गर्नुको विकल्प नभएको तर्क गरे।

नेता सङ्कुलले आफ्नो पार्टीले देश ब्यापि रूपमा शहीद परिवारको दुख:शुख बाँडफाड, सम्मान र अन्तरक्रियात्मक कार्यक्रमहरू गरिरहेको भन्दै सबैले जनवादी क्रान्तिका लागि सहयोग गर्नुपर्नेमा जोड दिए।

शहीद दिपक बहादुर रोका क्षेत्रीकी दिदी जमुना रोकाले आफ्नो भाईको राज्यले “कि लाश बुझाउनु पर्ने कि बेपत्ताहरूको खोजि गर्नुपर्ने” भन्दै आफुहरू क्रान्तिको पक्षमा रहेको बताए ।

त्यसैगरी बेपत्ता पारिएका केशब बस्नेत र गणेश बस्नेतको आमा जगत कुमारी बस्नेतले रूदै प्रचण्ड बाबुरामहरू बेइमान भएको र क्रान्तिलाई धोका दिएको भन्दै आफुहरूले क्रान्तिकारी माओवादीले केही गरोस भन्ने चाहना राखेको बताईन् ।

शहीद सिताराम थारूका बुवा गंगाराम थारूले शहीदको हाडलाई सिरानी र छालालाई विस्तारा बनाएर सत्तासिन भएका प्रचण्डहरू अपराधी भएको आरोप लगाए ।

उनले आफ्ना छोराका हत्याराहरूको संगतमा रहेका नेताहरू दलाल र बेईमान भएको तर्क गर्दै सबै शहीद तथा बेपत्ता परिवारहरूले क्रान्तिकारी नीति र सिद्धान्तमा रहेको माओवादी पार्टीलाई सघाउने बताए ।

उक्त कार्यक्रमबीच शहीद तथा बेपत्ता परिवारका पचास बढी सदस्यहरूलाई क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य सङ्कुल, पार्टी डिसिएस लोकेश, महिला संघको केन्द्रीय सचिवालय सदस्य दुर्गा लगायतले टीका र प्रमाणपत्र द्धारा सम्मान गरे ।

उक्त कार्यक्रमको समापन गर्दै पार्टी डिसिएस तथा कार्यक्रमका सभापति लोकेशले शहीदको सपना आफ्नो पार्टीले मर्न नदिने प्रतिबद्धता गरें ।उनले जनयुद्धका अपराधीहरूले अहिले जति चुरिफुरी गरेपनि त्यसको उचित कारवाहीको प्रकृया आफ्नो पार्टीले गर्ने भन्दै सामन्त र बेइमानलाई होसियार हुन आग्रह गरें ।

उक्त कार्यक्रम पार्टी सचिवालय सदस्य लोकेन्द्रले सञ्चालन गरेका थिए । उक्त कार्यक्रममा सयौको उपस्थिती रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *