नक्कली भूटानी शरणार्थी प्रकरणमा थप एक जना पक्राउ

काठमाडौँ । नक्कली भूटानी शरणार्थी बनाएर अमेरिका पठाउने लोभ देखाई रकम ठगी गरेको मुद्दाका फरार एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक सीताराम रिजालका अनुसार प्रहरी टोलीले आरोपी आशिष बुढाथोकीलाई मण्डिखाटारबाट पक्राउ गरेको हो ।

गिरोहले सङ्कलन गरेको रकम उनको खातामा समेत आएको देखिएको प्रहरी उपरीक्षक रिजालले बताए । सोही आधारमा जिल्ला अदालत काठमाडौँमा विचाराधीन रहेको मुद्दामा उनी फरार सूचीमा थिए ।

यसअघि जिल्ला सरकारी वकिलको कार्यालयले उक्त प्रकरणमा पूर्वमन्त्रीद्वय टोपबहादुर रायमाझी, बालकृष्ण खाण, तत्कालीन बहालवाला सचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्रीका सुरक्षा सल्लाहकार डा इन्द्रजित राईसहित ३० जनाविरुद्ध मुद्दा दर्ता गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *